लन्च भयो सुजुकी ब्रेजामा टोयोटाको लोगो लगाइएको अर्बान क्रुजर, यस्तो छ लुक्स र फिचर्स

ISUZU

thee-go
tvs-race
yamaha-nepal

भारतमा मारुती सुजुकी र टोयोटाको सहकार्यमा उत्पादन गरिएको क्रसओभर अर्बान क्रुजर सार्वजनिक भएको छ । यो गाडीलाई टोयोटाले फर्चुनरको भाई भनेको छ । तथापि यसको ९० प्रतिशत भन्दा बढी फिचर्स ब्रेजासँग मेल खान्छ ।

इन्टेरियर हुवहु ब्रेजाकै छ भने पावर ट्रेनदेखि लुक्स तथा डिजाइन, डाइमेन्सन र अलोय ह्विल समेत ब्रेजाकै छ । अर्थात भनौ सुजुकी ब्रेजामा टोयोटाको लोगो लगाई टोयोटाको नाममा ब्रान्डिङ गर्ने गरी यसलाई बजारमा उतारिएको हो ।

टोयोटाको लोगो म्याच गर्नका लागि मात्र यसको फ्रन्ट ग्रिलमा परिवर्तन गरिएको छ । आज भारतीय बजारमा सार्वजनिक गरिएको यो गाडी म्यानुअल र अटोमेटिक गरी दुई अप्सनमा उपलव्ध गराइएको हो । यो पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ ।

मिडियम ग्रेड, हाई ग्रेड र प्रिमियम ग्रेड गरी ३ भेरिएन्टमा सार्वजनिक गरिएको अर्बान क्रुजरको मूल्य भने ब्रेजाको तुलनामा बढी निर्धारण गरिएको छ । मिडियम रेन्जको म्यानुअल क्रुजरको मूल्य ८ लाख ४० हजार भारु तोकिएको छ भने अटोमेटिकको ९ लाख ८० हजार । यही रेन्जको ब्रेजाको मुल्य ७ लाख ३४ हजार भारु देखि शुरु हुन्छ ।

Motorhead

त्यसैगरी हाई ग्रेड अन्तर्गतको म्यानुअल ट्रान्समिसनको ९ लाख १५ हजार र अटोमेटिकको १० लाख ६५ हजार भारु तोकिएको छ । प्रिमियम ग्रेड अन्तर्गत म्यानुअलको ९ लाख ८० हजार र अटोमेटिकको ११ लाख ३० हजार भारु निर्धारण गरिएको छ ।

नेपाली बजारमा यसलाई टोयोटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री बितरण गर्नेेछ । यो गाडी छिट्टै नेपाल भित्रिने उक्त कम्पनी स्रोतले बताएको छ ।


Subscribe Now