भारतमा आउदै छ यस्तो इलेक्ट्रिक बाइक, फुल चार्जमा १०० किलोमिटर चल्ने

भारतको पुणे स्थित इलेक्ट्रिक मोटरसाइकल कम्पनी टर्क मोटर्सले यही वर्षको अन्त्यतिर टर्क टी६एक्स बाइक लन्च गर्ने भएको छ ।

सो इलेक्ट्रिक बाइकको बुकिङ शुरु भएको छ । सो बाइकको मूल्य बाइकको लन्चिङको समयमा घोषणा गरिनेछ । साथै यसको डेलिभरी पनि शुरु गरिने जानकारी कम्पनीले दिएको छ ।

टर्क मोटर्सले सो बाइकको टिजर पनि मिडियामा सार्वजनिक गरेको छ । उक्त टिजरमा बाइकको पुरा जानकारी भने देखाएको छैन तर कम्पनीको अफिसियल वेबसाइटमा यसको पुरा जानकारी उपलब्ध छ । टर्क मोटर्सले सो कम्प्याक्ट लुक भएको स्ट्रिट फाइटर बाइकलाई भारतको पहिलो इलेक्ट्रिक परफर्मेन्स मोटरसाइकल बनाउने दावी गरेको छ ।

सो इलेक्ट्रिक बाइकमा ६ किलोवाट पीक पावरको बीएलडीटी मोटर जडान गरिएको छ । सो मोटरले २७ एनएम टर्क जेनेरेट गर्छ ।

टर्क टी६एक्समा सिंगल स्पिड ट्रान्समिशन उपलब्ध रहेको छ । यसमा ७२ एएच लिथियम आयोन व्याट्री जडान गरिएको छ । एक पटकको फुल चार्जमा सो बाइकले १०० किलोमिटरको दुरी तय गर्छ । उक्त बाइकको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले दावी गरेको छ । सो बाइकको तौल १३० किलोग्राम रहेको छ ।

इलेक्ट्रिक इन्जिनको साथै टर्क टी६एक्स बाइक बनाउनको लागि पेट्रोल इन्जिनमा प्रयोग हुने हार्डवेयरको पनि प्रयोग गरिएको छ । सो बाइकमा टेलेस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोसक सस्पेन्सनको साथमा ट्रेलिस फ्रेम जडान गरिएको छ । सो बाइकमा १७ इन्चको अलोय ह्विल्सको प्रयोग गरिएको छ । सो बाइकको फ्रन्टमा २६७ एमएम डिस्क ब्रेक र रियरमा २२० एमएम डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइक एबीएस मान्यता प्राप्त बाइक हो ।

सो इलेक्ट्रिक बाइकमा टीएफटी डिजिटल स्क्रिन, नेभिगेसन, युटिलिटी बक्स, मोबाइल चार्जर, स्मार्टफोन एप सपोर्ट, एन्टी थेफ्ट सिस्टम, जिओ फेन्सिङ र एलईडी डीआरएल समेत फिचर जडान गरिएको छ ।

कम्पनीका अनुसार टर्क टी६एक्स इलेक्ट्रिक बाइक निर्माणको लागि ९० प्रतिशत पार्टस्हरु भारत मै तयार पारिएको हो । सो बाइकको मूल्य लगभग १ लाख २५ हजार भारु रहने सम्भावना छ । सो बाइकको आगामी जुनमा लन्च हुन लागेको रिभोल्टको इलेक्ट्रिक मोटरसाइकलसँग प्रतिस्पर्धा हुनेछ । टर्क भारतको एकमात्र इलेक्ट्रिक मोटरसाइकल निर्माता कम्पनी हो ।

 

Subscribe Now