जम्मु–कश्मिरको लद्दाखबाट सियाक र नुब्रा घाटीतिर जाने हिमालयको प्रमुख मार्ग नै खारदुङ ला पास हो ।
यसलाई सवारी साधन चल्ने विश्वकै सर्बाधिक उचाईको सडक मानिन्छ ।
यो १८ हजार ३ सय ८० फिट उचाईमा अवस्थित छ । यो लेहबाट ४० किलोमिटरको दूरीमा छ ।
यहाँ प्रायः बरफ जमिरहन्छ र अक्सिजनको कमीका कारण सास फेर्न पनि गाहे हुन्छ । खारदुङ ला पासको संकरी सडकको एकतिर विशाल पहाड छ भने अर्कोतिर गहिरो खोच छ ।
यो सडकमा सवारी साधन चलाउदा निकै नै रोमान्चक अनुभव हुन्छ । यहाँबाट काराकोरम र लद्दाख हिमश्रृंखलाको मनमोहक दृश्य हेर्न पनि सकिन्छ ।
यो सडकमा रेकर्डका लागि विभिन्न कम्पनीका सवारी साधनहरु पुगिरहेका हुन्छन् ।