tvs-race
काठमाडौँ - मोटरिङ् को अन्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाइल (FIA) को आयोजनामा हुने  भएको मोबिलिटी कन्फ्रेन्समा भाग लिन नासाका अध्यक्ष् दशरथ रिसाल र उपाध्य्क्ष मेघराज पौड्याल आज टोकियो प्रस्थान गरेका छन्। यहि सेप्टेम्बर २५ देखि २९ सम्म टोकियोमा हुने सो सम्मेलनमा भाग लिन  जापान अटोमोबाइल फेडेरेसन (JAF)को निमन्त्रणामा नासाको तर्फ बाट रिसाल र पौड्याल सहभागी हुन लागेका हुन् ।

कन्फ्रेन्स संगै FIA Region 2 को बैठकमा समेत उनीहरुको सहभागी हुनेछ। संसारका १५० भन्दा ज्यादा देशका अटोमोबाइल क्षेत्रका पदाधिकारीहरु सहभागी हुने सो सम्मेलनमा मोबिलिटी  सर्भिस , कनेक्तिभिटी , ड्राइभ टुरिजम तथा रणनीतिक योजना सम्बन्धि प्रस्तुति ,छलफल र घोषणा हुनेछ ।

स्मरण रहोस नासा सो फेडेरेसनको स्थाई सदस्य हो ।

Motorhead