टीभीएस एनटर्क स्कुटर किन्दा पोखराका तिवारीले पाए अर्को ७ लाख ८० हजार मूल्यको बाइक

पोखरा – टीभीएस स्कुटर खरिद गरेका पोखरा सिद्धार्थचोकका नारायणहरि तिवारीलाई ७ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको टीभीएस अपाचे आरआर ३१० बाइक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सांसद दीपक कोइरालाले उनलाई बाइकको चावी हस्तान्तण गरेका हुन् ।

‘टीभीएस दसैंको आशा’ योजनाअन्तर्गत उनी छैटौं साताको भाग्यशाली बिजेता बनेका हुन् । टीभीएसको पोखरास्थित आधिकारिक बिक्रेता बतास व्रदर्शमार्फत उनले दसैं अगाडि टीभीएस एनटर्क स्कुटर खरिद गरेका थिए ।

‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजुद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...