tvs-race

यदि तपाई कारको पेन्टलाई सुरक्षित राख्न चाहनुहुन्छ भने पेन्टको बारेमा ख्याल राख्नु विशेष महत्वपूर्ण हुन्छ । नियमित स्प्ल्यास वाइप ड्राई प्रक्रियाले मात्र प्रर्याप्त हुँदैन । यसको लागि सफाई सामग्रीको बारेमा विशेष ध्यान दिनु पर्छ ।

कारलाई नियमित सरसफाई गर्दा पनि अचानक कार पेन्ट विग्रने गर्छ । गलत सामग्रीको प्रयोग र गलत तरिकाले पनि कारको पेन्टलाई खराब बनाउँछ । अनजानमै कसैले केही गल्तीहरु गरिरहेको हुन्छ । जसको कारणले गर्दा कारको पेन्ट विस्तारै नष्ट गर्दै गएको हुन्छ ।

पेट्रोल पम्पमा ओभरफिलिङ
ओभरफिलिङका लागि अधिकांश ड्राइभर दोषी हुन्छन् । कारमा इन्धन पोखिने गरी भर्दा कारको पेन्टमा समस्या उत्पन्न गराउँछ । पेट्रोलियम पदार्थले कारको पेन्ट चाँडै नष्ट गर्ने गर्छ । त्यसैले नियमित रुपमा कारमा इन्धन भर्दा यस्तो सानो कुरामा विशेष ध्यान दिनु पर्छ ।

किरा र चराबाट फोहोर
खुल्ला ठाउँमा कार पार्किङ गर्दा कहिलेकाही चराहरुले दिशा गर्न सक्छन् । यसले पनि कारको पेन्टमा खराबी ल्याउन सक्छ । साथै चाँडै नै कारको पेन्ट ध्वस्त पार्न सक्छ । चराको दिशामा एक प्रकारको एसिड पनि हुन्छ । कारमा यस प्रकारको दिशा लागेको छ भने सफा गरिहाल्नु पर्छ ।

धुलो जम्मा हुनु
अफ रोडमा कार चलाउँदा वा लामो समयसम्म कार पार्किङ स्थलमै राख्दा कारमा हिलो वा धुलो जम्मा हुन जान्छ । कहिलेकाही अल्छि लाग्ने वा लामो समयसम्म कार सफा नगर्ने गर्दा कारको पेन्ट चाँडै नै उप्किने हुन्छ ।

प्रत्यक्ष घाममा कार पार्किङ गर्नु
चर्काे घाममा कार पार्किङ गर्दा कारको पेन्ट फिक्का बनाउँछ । साथै कारको पेन्ट उप्किन पनि सक्छ । कार पार्किङ गर्दा सकेसम्म छायाँमा पार्किङ गर्नु पर्छ । यसले लामो समयसम्म कारको पेन्ट बचाउन मद्दत गर्छ ।