tvs-race

सेकेन्ड ह्यान्ड अर्थात पुराना गाडी आफैमा नराम्रा हुँदैनन् । बजारमा राम्रो कन्डिसनका पुराना गाडीहरु किन्न पाइन्छ । आर्थिक दृष्टिकोणले पनि यी गाडी किन्नु फाइदाजनक हुन्छ । यद्यपि अलिकति मात्र ध्यान नदिने हो भने यसबाट ठगिने सम्भावना पनि हुन्छ ।

यदि तपाईंहरु पनि सेकेन्ड ह्यान्ड वा पुरानो गाडी किन्ने सोचमा हुनुहुन्छ भने विभिन्न कुरामा सावधानी अपनाउनु पर्ने हुन्छ । पुरानो गाडी बेच्ने नाममा विभिन्न लोभ लालच देखाएर ठगिरहेको पनि पाइन्छ । ठगीबाट बच्नको लागि निम्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

पहिले नै एडभान्स नदिनु
कतिपय अवस्थामा अनलाइनमा कारको विज्ञापन देखाएर सम्भवतः पहिले नै ठगहरुले ग्राहकलाई लोभ्याएका हुन सक्छन् र पहिले नै एडभान्स रकम लिएर आउन आग्रह पनि गर्छन् । यदि अनलाइनमा एडभान्स रुपमै रकम लिन ग्राहकलाई आग्रह गर्छ भने केही गडबड छ भनेर सोच्नु पर्छ । एडभान्स दिए पनि बिक्रेतासँग रिसिप्ट विल लिन कहिले नभुल्नु होला ।

महँगो कार सस्तोमा बेच्ने स्किम
अनलाइनमा कार खरिद गर्दा विभिन्न प्रकारको स्किमहरु आएको हुन्छ । उनीहरुले एक राम्रो कारलाई कम मुल्यमा बेचिरहेको दावी गरिरहेका हुन्छन् । यो ग्राहकलाई आकर्षित गर्नको लागि गरिरहेको हुन्छ । यस्ता विज्ञापनदेखि सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ । कारको मोडलको बारेमा खोजी गरी यसको मूल्यको बारेमा पनि केही जानकारी लिनु होला ।

कारको मिटर पछाडि गर्नु
अधिकांश मानिसहरुलाई कारको ओडोमिटरमा केही गडबड गर्न सकिदैन भन्ने लाग्छ । तर यो गलत हो । पुरानो कार विक्रेताहरु कारको ओडोमिटरमा केही गडबड गर्न सक्छन् ताकि ग्राहकलाई कार कम चलेको देखाउन सकियोस् । यसले ग्राहकहरुबाट बढी पैसा लिन सकिन्छ । यस्तो बेलामा सर्भिस सेन्टरमा गएर कारको पुरानो डिटेल निकाल्न सकिन्छ । साथै कारको भीआईएन नम्बरबाट पनि कारको डिटेल निकाल्न सकिन्छ ।

लिस्टिङमा गडबडी
अनलाइनको विज्ञापनमा ग्राहकहरुलाई आकर्षित गर्नको लागि ठगहरुले नक्कली फोटो र स्पेसिफिकेसन राखेका हुन्छन् । जसमा कैयौ फिचर्सको बारेमा केही जानकारी राखेको हुँदैन । अधिकांश ठगहरु पेट्रोल कार डिजेल कार हो भनेर बेचिरहेका हुन्छन् । साथै म्यानुअल ट्रान्समिसन कारलाई अटोमेटिक भनेर पनि बेचिरहेका हुन्छन् । त्यसैले अनलाइनबाट कार खरिद गर्दा यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

मेकानिक्स वा एक्सपर्ट साथी साथमा लिएर जानु
पुरानो कार विक्रेताहरुले अक्सर यस्ता एजेन्ट राखेका हुन्छन्, जसलाई उनीहरु कारको विशेषज्ञ अर्थात एक्सपर्ट भनेर ग्राहकहरुसँग भेटघाट गराउछन् । उनीहरुको काम भनेको ग्राहकहरुलाई कारको गुणस्तरको वारेमा सन्तुष्ट पार्नु हुन्छ । यदि तपाई पनि पुरानो कार खरिद गर्दै हुनुहुन्छ भने आफ्नो साथमा कोही मेकानिक्स वा एक्सपर्ट साथी लिएर जानुहोला ।

पेपरवर्कमा ढिलाई नगर्नु
पुराना कारको मामलामा कहिले पनि ढिलासुस्ती गर्नु हुँदैन । कैयौ चोटि उनीहरु चोरीको गाडीहरु ग्राहकलाई बेचिरहेका हुन्छन् र पेपरवर्कको कुरा आउँदा आनाकानी गरिरहेका हुन्छन् । पुरानो गाडी खरिद गर्दा पहिला गाडीको कागजात ठिकसँग हेर्नु होला र असली रजिस्ट्रेसन सर्टिफिकेट र इन्स्योरेन्स कपी हेरिसके पछि मात्र पैसा दिनुहोला । कारको रजिस्ट्रेसनलाई कार कम्पनीको सर्भिस सेन्टरमा गएर पनि जाँच गर्नुहोला ।

कारको भेरिफिकेसन
कार बेच्ने ठगहरुसँग कारको भेरिफिकेसन माग्दा नक्कली सर्भिसको कागजात देखाएको हुन्छ । ठगीहरुले धेरै ठाउँमा कारको सर्भिस भएको भनेर पनि सर्भिस डकुमेन्ट नभएको भनेर पनि भनेका हुन्छन् । यस्तो बेलामा विक्रेतासँग कार वर्कसपको बारेमा पत्ता लगाई कारको भेरिफिकेसन आफै गर्नु राम्रो हुन्छ ।

कारको टेष्ट ड्राइभ
कार खरिद गर्नु पुर्व कारको टेष्ट ड्राइभ लिन कहिले नभुल्नु होला । टेष्ट ड्राइभमा जहिले पनि कोही एक्सपर्ट वा मेकानिक्स साथी साथमा राख्नु होला । साथै कारको टेष्ट ड्राइभ जहिले पनि दिनमा गर्नु पर्छ । यदि कारको टेष्ट ड्राइभ गर्न नदिएमा सावधानी अपनाउनु नै उचित हुन्छ ।

नगद दिनबाट बच्नु
यदि कार विक्रेता कार खरिदकर्तासँग नगद रकम भन्दा पनि चेक वा अन्य कुनै मार्फत पैसा दिनु राम्रो हुन्छ । कार विक्रेतालाई जहिले पनि उसकै नाउको एकाउन्टमा रकम उपलब्ध गराउनु उचित हुन्छ ।