tvs-race

सञ्जिव कुमार देव विगत सन् २००१ देखि नै हेभी इक्विपमेन्ट व्यवसायमा आवद्ध छन् । देव ७ वर्ष देखि लगातार कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्टको कारोबार गरिरहेका छन् ।

करियरको प्रारम्भिक १२ वर्ष पार्ट्स तथा सर्भिसिङ क्षेत्रमा क्रियाशील देव ८ वर्ष यता कोबेल्कोको नेपालका लागि आधिकारिक वितरक विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सन नेपाल प्रालिमा चिफ म्यानेजर हुँदै हाल डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत छन् ।

उनले काठमाडौं युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरेका छन् ।

हाल नेपाली निर्माण क्षेत्रमा ८ सय भन्दा बढी कोबेल्कोका हेभी इक्विपमेन्ट कार्यरत छन् । करिव ८ वर्ष पहिले नेपाली बजारमा यो ब्रान्ड भित्रिएको थियो । पहिलो पटक टुँडी कन्स्ट्रक्सनले ब्रान्डप्रतिको विश्वासकै आधारमा एकै पटक तीन वटा इक्विपमेन्ट खरिद गरेको थियो । सुमन सुवेदीले सञ्चालन गरेको सो कन्स्ट्रक्सनले त्रिभुवन विमानस्थल सुधार कार्य गरिरहेको थियो ।

अहिले पनि ७० प्रतिशत ग्राहक पुरानै हुन्छन् । उनीहरु पहिले मेसिन प्रयोग गरिसकेकाले फेरि कोबेल्को ब्रान्ड खोज्दै आएका हुन्छन् । ती मध्ये ९६ प्रतिशत ग्राहक ए ग्रेडका ठेकेदारहरु हुन्छन् । यसबाट पनि नेपाली बजारमा कोबेल्को ब्रान्डप्रति कस्तो विश्वसनियता छ भन्ने स्पष्ट हुन्छ ।

ग्राहक आफैले पनि यस्ता हेभी इक्विपमेन्टलाई राम्रोसँग सुरक्षित तरिकाले राख्नु आवश्यक हुन्छ । यसका लागि कोबेल्कोले विशेष व्यवस्था गरेको उनी बताउछन् ।

उनी भन्छन् ‘हो, यस्ता मेसिनलाई ग्राहकले सधै आफ्नो निगरानीमा राख्नु आवश्यक हुन्छ । हामीले यस्तो जनचेतना जगाउने कार्यकै लागि छुट्टै टिम नै गठन गरेका छौ । यसको नाम ‘सम्पर्क’ राखिएको छ । उनीहरुले ग्राहकलाई मेसिन मर्मत र यसको सम्भार सम्बन्धी आवश्यक जानकारी प्रदान गर्छन् ।

प्रि–डेलिभरी अर्डर गर्दा नै हामी मेसिन किन्ने ग्राहकलाई विभिन्न जानकारी दिन्छौ । शुरुमै मेसिनका लागि एक जना सुपरभाइजर राख्न अनुरोध गर्छौ । मेरो अनुभवमा नेपाली सन्दर्भमा हेभी इक्विपमेन्टको अपरेटर भनेको विमानको पाइलट सरह हो । पाइलटले प्लेन छोडे पछि एरोनाटिकल इन्जिनियरले मर्मत गर्ने वा के भएको छ भनी हेर्ने काम गर्छ । एउटा होज गएको अवस्थामा पनि केही जानकारी नदिने नियतका पनि हुन सक्छन् ।

नेपाली बजारमा भएका धेरै स्किल्ड म्यानपावर विदेशिएका छन् । उनीहरु गल्फ वा अन्य कन्ट्रीमा गएका छन् । ग्राहकहरु पनि धेरैजसो हेल्परबाट अपग्रेड भएर अपरेटर बनेका हुन्छन् । त्यसैले यी सबै कार्यका लागि हामीले सम्पर्क नामक एक प्रोजेक्ट स्थापना गरेका छौ । यसमा कार्यरत जनशक्ति मेसिन भएका विभिन्न स्थानमा पुगेर आवश्यक जानकारी प्रदान गर्छन् । उनीहरुले आयलको डिफेक्ट वा अन्य अवस्था वारेमा जानकारी दिन्छन् ।’

सञ्जिव कुमार देवले भने जस्तै सबैले आफ्ना मेसिन अर्थात हेभी इक्विपमेन्टहरुलाई विशेष तरिकाले सुरक्षित र व्यवस्थित गर्नु आवश्यक छ ।