चल्दै छ महिला राइडरहरुका बीच टिकटक भिडियो कन्टेस्ट, यसरी हुनुस्  सहभागी

ISUZU

tvs-race
thee-go
yamaha-nepal

काठमाडौं – नेपाली महिला राइडरहरुको समूह वुइमा नेपालले टिकटक भिडियो कन्टेस्टको आयोजना गरिरहेको छ ।

आवश्यक सेफ्टी अपनाएर चलाइएको बाइक वा स्कुटरको टिकटक भिडियो बनाएर यसमा सहभागी हुन सकिन्छ । सो भिडियोलाई वुइमा नेपालको फेसबुक पेज को इनबक्समा आफ्नो पुरा नाम, नम्बर, ठेगाना र पेशासहित पठाउनु पर्नेछ ।

त्यसपछि सो भिडियोलाई व्यवस्थापन पक्षले वुइमा नेपालको फेसबुक पेजमा पोस्ट गर्नेछ । यसरी पोस्ट गरेको भिडियोलाई सहभागीले आफ्नो वालमा पोस्ट गर्नुका साथै कसैलाई मेन्सन गर्न पनि सकिने छ ।

यसरी पोस्ट गरिएको भिडियोमा सबैभन्दा बढी लाइक वा सेयर गरेको आधारमा अंक प्रदान गरिने छ । सबैभन्दा बढी अंक पाउने उत्कृष्ट ३ जना महिलालाई विजेता घोषणा गरिने वुइमा नेपालकी अध्यक्ष सुनिता देशारले बताइन् ।

WIMA Nepal अर्थात विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसनको नेपाल शाखा नेपाली महिला मोटरसाइकल राइडरहरुको अन्तर्राष्ट्रिय नेटवर्क हो । 

अनलाइन राइडिङ कोर्ष, टुरिङ -याली, सेफ्टी राइडिङ ट्रेनिङ तथा अन्य विभिन्न इभेन्टको घोषणा सहित केही महिना पहिले WIMA  नेपालको सार्वजनिकीकरण गरिएको थियो । यसको मुल थिम Riding, Rallying, Touring रहेको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा मान्यता समेत प्राप्त गरिसकेको छ ।


Subscribe Now