Apache Race Track Experience

पेट्रोलियम ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारले ट्यांकरलाई भ्याटमा दर्ता गर्नुपर्ने समय थप नगरे आगामी साउन १ गतेदेखि पेट्रोलियम ढुवानी ठप्प बनाउने व्यवसायीहरूले चेतावनी दिएका हुन् ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै माग पुरा नगरे साउन १ देखि इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएको हो । गत साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भ्याट कार्यान्वयनका लागि समय थप्ने आश्वासन दिएपछि पेट्रोलियम ढुवानी व्यवसायीले विरोधका कार्यक्रम स्थगन गरेका थिए ।

ढुवानी व्यवसायीले अझै एक वर्ष ट्यांकर भ्याटमा दर्ता हुन नसक्ने पनि उल्लेख गरेका छन् । महासंघले अधिकांस ट्यांकरहरू बैंक ऋणमा रहेको भन्दै ऋण फुकुवामा पहल गरिदिन पनि सरकारलाई आग्रह गरेको छ । ट्यांकरहरू चालकहरू आफैंले सञ्चालन गरेको र बैंक ऋण फुकुवा गरेर कम्पनी दर्ता गरी भ्याटमा जान समय लाग्ने उनीहरूले तर्क गरेका छन् ।

सरकारले २०७६÷७७ को बजेटमार्फत ढुवानी गर्ने साधनमा पनि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । बजेट आएको दिनदेखि ३० दिनभित्र कम्पनी र भ्याटमा दर्ता हुन ढुवानी व्यवसायीलाई सूचना जारी गरेको थियो ।