बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अरुण कुमार राउत पेसाले सफ्टवेयर इन्जिनियर हुन् । करिव २ वर्ष पहिला उनी यस्तो सोचिरहेका हुन्थे कि नेपालमै रहेर अरुभन्दा फरक काम के गर्न सकिएला ? यहिक्रममा राउत एकदिन भक्तपुरमा हिँडिरहेका थिए । त्यहिबेला उनले मोटरसाइकल बिग्रिएर मर्मत केन्द्रसम्म डो-याउँदै हिडेको मान्छे देखे ।
उनले पनि कैयौं पटक यस्तो समस्या भोगेका थिए । त्यसपछि मोटरसाइकल बिग्रेर बीच बाटोमा अलपत्र परेका मानिसहरुलाई अनलाइनमार्फत अर्डर लिएर मोटरसाइकलको मर्मत गरिदिने सफ्टवेयर बनाउने सोच बनाए ।
अरु काम भन्दा फरक पनि हुने र आम मानिसहरुलाई सुविधा पनि हुने ठानेपछि उनले थर्ड ह्विल नामको एउटा सफ्टवेयर डेभलप गरे । साथै, थर्ड ह्विलको एप, वेवसाइट पनि बनाए । जसले बाटोमै मोटरसाइकल बिग्रिए अथवा मोटरसाइकल सर्भिसिङ गर्न समयको अभाव भएका र बिग्रिएर घरमै रहेका मोटरसाइकल अनलाइनमार्फत अर्डर लिने र गएर मोटरसाइकल ल्याएर बनाएर फेरि त्यही पु-याइदिने कामको सुरुवात गरे ।
एक्लै यति ठूलो कामको सुरुवात गरेका उनलाई सुरुमा निकै कठिन भयो । पहिलो कुरा त यस्तो उनले दिने सेवा सुविधाको बारेमा आम मानिसलाई थाहै थिएन । अर्को थाहा भएका मानिसहरुलाई विश्वास दिलाउन गाह्रो भएको राउत बताउँछन् । ‘यो विल्कुलै नयाँ काम थियो,’ उनले भने, ‘सुरुवाती दिनमा यसको बारेमा आम मानिसलाई बुझाउनै कठिन भयो अनि बुझेका मानिसहरुलाई विश्वास दिलाउन झनै गाह्रो भयो ।’
करिव २५ लाखको लगानीमा सुरु भएको थर्ड ह्विलको कार्यालय र सर्भिस सेन्टर भक्तपुरको लोकन्थलीमा छ । २ वर्षदेखि अप्ठेरोमा परेका मोटरसाइकल चालकहरुलाई सेवा दिँदै आएको थर्ड ह्विलले हालसम्म १ हजार २ सय वटा मोटरसाइकल बनाइसकेको छ ।
सुरुको ६ महिना उनले काठमाडौं उपत्यकाका ४ वटा मोटरसाइकल वर्कशपसँग सहकार्य गरेर काम गरे । तर, सोचेजस्तो सुविधा दिन नसकेपछि अहिले आफ्नै सर्भिस सेन्टर लोकन्थलीबाट सेवा दिइरहेको उनी बताउँछन् । ‘मेरो सुरुको कन्सेप्ट र अन्य मोटरसाइकल वर्कशपहरुसँग सहकार्य गरेर जाने नै थियो,’ उनले भने, ‘सुरुको ६ महिना त्यसैगरी काम गरियो तर, सोचेजस्तो प्रतिफल नआएपछि छोडियो ।’
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा दिँदै आएको थर्ड ह्विलले काठमाडौंको बुढानिलकण्ठ, सतुंगलदेखि ललितपुरको भैसेपाटीसम्मका मोटरसाइकलको अर्डर आउने गरेको राउत बताउँछन् । ‘सुरुमा सेवा लिएका मानिसहरु अहिलेसम्म हामीलाई नै सम्झनुहुन्छ,’ उनले भने, ‘एकपटक हाम्रो सेवा लिएकाहरुले हामीलाई भुल्नु भएको छैन, तर आममानिसमा हामीलाई बुझाउनै गाह्रो परिरहेको छ ।’
थर्ड ह्विलले यसरी दिन्छ सेवा
थर्ड ह्विलको सेवा लिनका लागि सुरुमा सेवाग्राहीले प्ले स्टोरमा गएर थर्ड ह्विल एप डाउनलोड गर्नुपर्छ । त्यहाँ दिएका निर्देशन पालना गर्दै आफ्नो एकाउन्ट खोल्नुपर्छ । त्यहाँ आफ्नो बाइक नम्बरसहित आफूलाई चाहिएको सेवा लेख्नुपर्छ । त्यसपछि थर्ड ह्विलका कर्मचारीले मोटरसाइकल ल्याएर बनाएर फेरि सोही ठाउँमा पु-याइदिन्छन् ।
यसरी सेवा दिएबापत १ सय २५ रुपैयाँ डेलिभरी चार्ज लिन्छन् भने मोटरसाइकलको सर्भिसिङ चार्ज र यसका सामान फेरेको भने बेग्लै पैसा लाग्ने राउत बताउँछन् । ‘ग्राहककै रोजाइमा हामीले सामान फेरिदिन्छौं,’ उनले भने, ‘सुरुमा हामीले कम्पनीको सामानमात्र राख्थ्यौं तर कतिपयले बाहिरको सामान राखिदिन अनुरोध गरेपछि उहाँहरुले भनेअनुसारको सामान फेरिदिन्छौं ।’ थर्ड ह्विलमा मोटरसाइकल सर्भिसिङ गर्नुको अर्को फाइदा भनेको दुई तीन महिनापछि सवारी साधनमा कस्तो समस्या आउँदैछ भन्ने जानकारी अगाडि नै दिन्छन् ।
त्यसैले बजारमा जस्तो हतार हतार मोटरसाइकल सर्भिसिङ नगरिने राउत बताउँछन् । ‘हामी गुणस्तरीय सेवा दिन्छौं, बाहिरतिर जस्तो सर्भिसिङका नाममा मोबिल फेर्ने, धुनेमात्र काम गर्दैनौं,’ आफूले दिइरहेको सेवाका बारेमा जानकारी दिँदै नेपाल अटोसँगको कुराकानीमा उनले भने, ‘हामी मोटरसाइकलको हरेक पार्टपुर्जालाई समय दिएर हेर्छौं त्यसैले हाम्रो सेवा लिएकाहरुले बिर्सनुभएको छैन ।’
थर्ड ह्विलले आफ्नो सेवालाई बिस्तार गर्ने उद्देश्यले गत वर्षदेखि पुल्चोकमा सर्भिस सेन्टर सुरु गरेको थियो । २ महिना चलेपछि कोरोना महामारीका कारण यातायात क्षेत्र ठप्प हुँदा बन्द गर्नुपर्ने अवस्था आयो । अहिले लोकन्थलीबाट मात्र सेवा दिइरहेको थर्ड ह्विललाई लकडाउन पछि भने भ्याइनभ्याइ जस्तै भएको छ । हाल थर्ड ह्विलमा ८ जना कर्मचारी कार्यरत छन् । जसमध्ये २ जनाले प्रशासन हेर्छन् भने ६ जना मेकानिक छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...