बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको दीगो ग्रुप अफ कम्पनिजले यसको सबैभन्दा सस्तो रेन्जको कार ई८ को मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकेको छ ।
चालु आर्थिक वर्षको बजेट प्रस्तुत हुनु भन्दा पहिले यसको मूल्य कम भए पनि पछि विभिन्न करका कारण मूल्य सार्वजनिक भएको थिएन । हाल सरकारले विद्युतीय गाडीमा लाग्ने अन्तःशुल्क घटाए पश्चात दीगो ग्रुपले यसको मूल्य सार्वजनिक गरेको हो ।
यो मूल्यका साथ ग्राहकले हाल दीगो ग्रुपले उपलब्ध गराइरहेको दसैं अफर अन्तर्गत १ तोला सुन समेत पाउने छन् । दीगोले हाल अन्य गाडी ई६ मिनीबस, सीएचटीसी ई–बस र डीएफएसके डाँफे माइक्रोबस किन्ने ग्राहकलाई लक्ष्यित गरी सुनौलो अफरको रुपमा २ देखि ४ तोला सुन जित्न सकिने अफर समेत ल्याएको छ ।
दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।
यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
सामान्य ड्राइभिङ कन्डिसनमा दीगो ई८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुने कम्पनीको भनाइ छ ।
दीगो ई८ को बुकिङ समेत प्रारम्भ भइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...