Apache Race Track Experience

चर्चित अमेरिकन ब्रान्ड हार्ले डेभिड्सनको महंगो बाइक पहिलोपटक नेपाल भित्रिएको छ । १८६८ सिसी क्षमताको फ्याट ब्वाई ११४ सिआई मोडलको उक्त बाइकको मुल्य नेपाली बजारमा एक करोड रुपैँया हाराहारी पर्ने नेपालस्थित आधिकारिक विक्रेता आईएमई ग्रुप अन्तर्गतको हार्ले डेभिड्सन अफ काठमान्डुले जनाएको छ ।

एकजना नेपाली ग्राहकले बुकिङ गरेपछि आइएमईले प्रख्यात मोडलको उक्त बाइकलाई नेपाल भित्राइएको हो । आइएमईले उक्त बाइक सम्वन्धित बुकिङ कर्तालाई हस्तान्तरण समेत गरिसकेको छ । ग्राहकले आफ्नो नाम सार्वजनिक नगरिदिन गरेको अनुरोधका आधारमा बाइक मालिकको नाम भने गोप्य नै राखिएको कम्पनीले जनाएको छ ।

आइएमईका अनुसार फ्याट ब्वाई ११४ सिआई नेपाल भित्रिएका विग बाइक मध्ये हालसालकै सवैभन्दा महंगो बाइक हो । हलिउडको सुपरहिट फिल्म टर्मिनेटर–२ मा प्रख्यात कलाकार आर्नल्डले उक्त बाइक प्रयोग गरेका थिए । त्यसपछि यस बाइकको लोकप्रियता झनै बढेको थियो ।