द बर्गर हाउसका कर्मचारीले अब टीभीएसका बाइक तथा स्कुटर चढ्ने

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि अन्तर्गत ललितपुरको महालक्ष्मीस्थानमा रहेको युनीराइड अटो र द बर्गर हाउस एन्ड क्रन्ची फ्राई चिकेन बीच टीभीएसका बाइक तथा स्कुटर खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार द बर्गर हाउस एन्ड क्रन्ची फ्राई चिकेन अन्तर्गत सबै ब्रान्चका स्टाफले टीभीएसका बाइक तथा स्कुटर चढने छन् । ती बाइक तथा स्कुटर युनीराइड सोरुममार्फत बिक्री–वितरण गरिने छ ।

यस सम्बन्धी सम्झौता पत्रमा युनीराइडका सञ्चालक निर्मल सिग्देल र द बर्गर हाउस एन्ड क्रन्ची फ्राई चिकेनका सञ्चालक बसन्त लामाले हस्ताक्षर गरेका छन् ।

युनीराइडले हालै मात्र टीभीएसका बाइक तथा स्कुटर बिक्री–वितरण प्रारम्भ गरेको हो । युनीराइडका कुशल ब्यवस्थापक तथा युवा व्यवसायी निर्मल सिग्देलले उक्त सोरुमका साथै नेपालमै रोजगार सिर्जना गर्नु पर्छ भनेर विभिन्न व्यवसाय संचालनमा ल्याएका छन् । लतिलपुरको सातदोबाटोको बाटो हुदै लगनखेल र एकान्तकुनाको बाटो हुदै जादा महालक्ष्मीस्थानको चोकबाट बायाँ साइडमा एउटा बाटो छ त्यो बाटोबाट १०० मिटर अगाडि बढेपछि सिसैसिसाले बनेको एउटा भवनमा युनीराइड अवस्थित छ ।

द बर्गर हाउस एन्ड क्रन्ची फ्राई चिकेन नेपालमा करिव ५ बर्ष अगाडि सानो फास्टफुड क्याफेबाट सुरु भई अहिले नेपालभरिका सहरहरुमा करिब ६० भन्दा बढी शाखाहरु संचालनमा छन् । नेपालमै केही गर्नु पर्छ भन्ने सोच बनाएर संचालक बसन्त लामाले द बर्गर हाउस एन्ड क्रन्ची फ्राई चिकेन खोलेका थिए । बर्गर हाउसमा करिब २ हजार ५ सय भन्दा बढीले रोजगार पाएका छन् ।


Subscribe Now