बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कुनै एउटा मोटरसाइकल तपाईंले किन्नु भन्दा पहिले के के प्रक्रिया पुरा भएको हुन्छ होला ? यो एउटा सोचनिय र निकै जटिल विषय पनि हो । हामीले हेर्दा सामान्य लाग्ने मोटरसाइकल उत्पादन भएर बजारमा आइसकेपछि तपाईंले किने पश्चातको अवधि सम्म धेरै प्रक्रिया पुरा भएको हुन्छ ।
यी सबै प्रक्रियाको वारेमा जानीराख्दा रोचक पनि लाग्न सक्छ ।
१. बजार अनुसन्धान
कुनै पनि उत्पादन बजारमा उपलब्ध गराउनु भन्दा पहिले जसले पनि बजार सुरक्षित होस् भन्ने चाहन्छ । त्यसैले यसको लागि अनुसन्धान गर्नुपर्छ । ग्राहक को हुन सक्छ ? ग्राहकले के चाहन्छ ? उसको आवश्यकता के हो ? यस्तै विभिन्न तथ्यहरुमा आधारित भएर कम्पनीको बजार व्यवस्थापन विभाग वा कुनै अर्को रिसर्च कम्पनीले अनुसन्धान गर्छ ।
यो बजार अनुसन्धान वा मार्केट रिसर्च कुनै बाइक वा गाडीको प्रकारमा पनि भर पर्छ । कम्पनीले कस्तो किसिमको बाइक बजारमा ल्याउन खोजेको हो भन्ने कुराले यसमा प्रभाव पार्छ । नयाँ सेगमेन्ट हो कि पहिले नै लन्च भइसकेको उत्पादनको फेसलिफ्ट भर्सन हो वा डीएनए टाइपको हो भन्ने कुराले भूमिका खेल्छ । नयाँ सेगमेन्टको हो भने धेरै अनुसन्धान आवश्यक पर्छ । यसको फ्युल इकोनोमी, मूल्य, टप स्पिड, इन्जिन टाइप र बाइकको टाइप आदि ।
यी सबैका वारेमा अनुसन्धान गरिसके पछि विभिन्न कन्सेप्ट विकास गर्छन् र ती कन्सेप्ट मध्ये एउटा कन्सेप्ट छनोटमा पर्छ ।
२. स्केचिङ
छनोट भएको कन्सेप्टका आधारमा विभिन्न प्रकारका स्केच निर्माण गरिन्छ । त्यही स्केच अनुसार फाइनल प्रोडक्ट विभिन्न लुकको आधारमा छानिन्छ । त्यसपछि डिजाइनले बाइकको हेडलाइट, साइडलाइट, साइड इन्डिकेटर, फ्युल ट्यांक, फुट रेस्ट आदि स्केच गर्छन् । त्यसपछि फाइनल स्केच मोडल तयार हुन्छ ।
३. सफ्टवेयर मोडलिङ
कुनै बाइकको डिजाइन गर्नुभन्दा पहिले सफ्टवेयर र रोबोटको सहयोगले यसको मोडलिङ गरिन्छ । कस्तो खालको बाइक बनाउने र हेर्दा कस्तो हुन्छ भन्ने कुरा कम्प्युटरबाटै निकाल्न सकिन्छ ।
४. क्ले वाक्स मोडलिङ
सफ्ट मोडलिङ वाहेक धेरै कम्पनीहरुले क्ले वा वाक्स मोडलिङ प्रयोग गर्छन् । यसले गर्दा बाइक हेर्दा कस्तो देखिन्छ भन्ने थाहा हुन्छ । विशेष गरी महंगा बाइकको उत्पादनमा क्ले मोडल प्रचलित छ ।
५. डिजाइनिङ
बाइकको प्रत्येक कम्पोनेन्टको विश्लेषणका साथ सफ्टवेयरको सहयोगले डिजाइन गरिन्छ ।
६. सिमुलेसन
अटोमोबाइल क्षेत्रमा सिमुलेसन सफ्टवेयरको धेरै प्रयोग हुन्छ । यसको सहयोगले कुनै बाइक वा गाडी बन्यो भने कुन हावापानी र कस्तो रोडमा यसको पर्फमेन्स कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । यो एक प्रकारको भर्चुअल टेस्ट राइड जस्तै हो । यसबाट कुनै कमी कमजोरी पहिचान भएमा डिजाइन पनि त्यही अनुसार परिवर्तन गर्न सकिन्छ ।
७. टेस्टिङ
कम्प्युटरमा परीक्षण गरेको भरमा मात्र भर पर्न सकिदैन । यसलाई व्यवहारमै लागू गर्नु आवश्यक हुन्छ । यही कुरालाई मनन गरी धेरै बाइक उत्पादन गर्नु भन्दा पहिले केही अर्थात सामान्यतः ५ देखि १० वटा बाइक मात्र उत्पादन गरी यसलाई परीक्षण गरिन्छ । यसको आधारमा यो ठिक छ वा छैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।
८. पाइलट भेइकल
ब्ल्याक क्लोथ वा क्यामोफ्ल्यागले ढाकिएका बाइक हामीले कहिलेकाही देख्छौ र यो देख्दा निकै उत्साहित हुन्छौ । नेपालमा बाइक उत्पादन नहुने हुनाले हामीले यो अवसर पाउदैनौ । तर विदेशतिर यस्ता धेरै समाचार आउछन् । यस्ता बाइक वा गाडीलाई पाइलट भेइकल भनिन्छ । यी भेइकल परीक्षणका लागि मात्र तयार गरिएका हुन्छन् ।
९. उत्पादन
सबै प्रक्रिया पुरा भएर ‘ठीक छ’ भन्ने लाग्यो भने बल्ल बाइकको उत्पादन शुरु हुन्छ । त्यसपछि कम्पनीले पनि औपचारिक रुपमा बाइक उत्पादन भएको जानकारी दिन्छ ।
१०. बिक्री
कम्पनीले उत्पादन गरे पछि बाइक बिक्रीका लागि आयातकर्ता वा डिलरकहाँ पुग्छ । त्यसपछि बल्ल बिक्री हुन्छ र ग्राहकको हातमा जान्छ ।
यसरी यी सबै प्रक्रिया पुरा भए पछि बल्ल बाइक कुनै ग्राहकसम्म पुग्छ । यसका लागि निकै नै लामो प्रक्रिया पार भएको हुन्छ ।
(एजेन्सीको सहयोगमा)
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...