tvs-race

कुनै पनि सवारी साधनको इन्जिन भनेको त्यसको मुटु हुन्छ । त्यसैले इन्जिनलाई राम्रो हेरविचार गरिरहनु पर्छ । इन्जिनमा देखिने केही संकेतले इन्जिनमा क्षति पुगिरहेको जानकारी दिएको हुन्छ । यस्ता साधारण समस्यालाई समयमा नै समाधान गर्नु पर्ने हुन्छ । जसले इन्जिनलाई सुरक्षित बनाउँछ ।

आवाज
कारबाट उत्पन्न हुने कुनै पनि असामान्य आवाजले कारको इन्जिनमा केही समस्या आएको छ भन्ने जानकारी दिएको हुन्छ । सो समस्या सामान्यतया ब्याकफायरिङ वा नकिङमा हुने गर्छ । ब्याकफायरको कारणले गर्दा हावा र इन्धनको मिश्रण इन्जिनमा कम्वसन नभई अन्य स्थानमा हुन्छ । यसमा मुलतः हावा र इन्धनको मिश्रण अघि नै प्रज्वलित हुन्छ । यसको कारणले गर्दा कारको इन्जिनमा क्षति पु¥याइरहेको हुन्छ ।

धुवाँ
कारको धुवाँले पनि कारको इन्जिनको स्थितिको बारेमा जानकारी दिएको हुन्छ । कालो धुवाँले हावा र इन्धन मिश्रण भइरहेको जानकारी दिन्छ । यसले आवश्यक भन्दा बढी इन्धन पम्प गरेको जानकारी दिन्छ । यसको मुख्य कारण स्पार्क प्लग पनि हुन सक्छ । निलो धुवाँले इन्जिनले इन्धनको तेल खपत गरिरहेको र कारको इन्जिनमा चुहावट भइरहेको जानकारी दिएको हुन्छ ।

भाइब्रेसन
कारमा हुने भाइब्रेसनले पनि कारको स्थितिको बारेमा जानकारी दिएको हुन्छ । कारमा भाइब्रेसन कारको इन्डिकेटरको कारणले गर्दा हुने गर्छ । कारको कमजोर इन्जिनले गर्दा यस्तो हुने गर्छ । यदि कारको इन्जिनले गलत तरिकाले कार्य गरिरहेको भएता पनि कारमा भाइब्रेसन आउन सक्छ ।

इन्जिनको बत्ति
इन्जिनको बत्तिले उत्सर्जनमा हुने परिवर्तन पत्ता लगाउन सहयोग गर्छ । तर इन्जिनको सही समस्या सो बत्तीको माध्यमबाट पूर्ण रुपमा पहिचान गर्न सकिदैन । यसले इन्जिनको शक्ति र उत्सर्जनको संकेत दिएको हुन्छ ।

इन्जिन बढी तातिनु
कारको इन्जिन तापक्रम गेज वा तापक्रम बत्तिले सुसज्जित भएको हुन्छ । इन्जिन गेज सामान्यतया केन्द्रमा हुनु पर्छ । ड्राइभिङको समयमा सो गेज तल वा अन्य कतै सर्छ भने कारको कुलिङ सिस्टममा केही समस्या छ भन्ने बुझ्नु पर्छ । यस प्रकारको समस्याले कारको इन्जिनमा गम्भीर समस्या निम्त्याउन सक्छ । समय समयमा कारको रेडिएटर पनि जाँच गरिरहनु पर्छ ।

इन्जिन आयल
इन्जिन आयलको कमीले गर्दा कारको इन्जिन सही तरिकाले लुब्रिकेन्ट हुन पाउँदैन । जसको कारणले गर्दा इन्जिनमा खराबी आउन थाल्छ । कम इन्जिन आयलमा लामो समयसम्म कार ड्राइभ गर्दा कारको इन्जिनमा बढी घर्षण हुन जान्छ जसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

Motorhead

शक्ति गुमाउनु
कार ड्राइभ गर्दा एक्सेरेलेटर पुर्ण दवाएको छ तर कारले आफूले सोचेको जस्तो स्पिड लिन सकेको छैन भने कारको इन्जिनको पावरमा कमी आएको सम्झनु पर्छ । यसको धेरै कारण पनि हुन्छ । यसको मुख्य कारण भनेको कारको इन्जिनले प्रर्याप्त मात्रामा फ्युल नपाउनु हो । यसको कारण फिल्टरमा इन्धन भर्नु वा पम्प वा इन्जेक्टरमा केही खराबी आउनु हो । सो समस्या विशेषगरी टर्बाैचाज्र्ड इन्जिनको साथमा हुने गर्छ ।

मिस फायरिङ
विभिन्न कारणले कारको इन्जिनमा मिसफायर हुन्छ । कारको वायरिङ र स्पार्क प्लग जस्ता इलेक्ट्रिकलमा हुने समस्या वा ड्राइभरले निश्चित समयमा विभिन्न पार्ट्स चलाउन नसक्नाले पनि यस्तो हुन्छ । कारको सिलिन्डर कम्प्रेसनमा हुने समस्याले पनि यस्तो हुन्छ ।

वायली स्पार्क प्लग
विशेष गरी पेट्रोल इन्जिनयुक्त कारमा यस्तो समस्या हुन्छ । इन्जिनमा कम्बसन गर्नका लागि स्पार्क प्लगको आवश्यकता हुन्छ । तर आयल लिक भएर वा यस्तै विभिन्न कारणले स्पार्क प्लग चिप्लो भएर यसले आवश्यक कार्य नगर्न सक्छ ।

कमजोर इन्जिन ब्रेकिङ
इन्जिनमा राम्रोसँग कहिलेकाहि ब्रेक नलाग्न सक्छ । विशेष गरी उकालो वा ओरालो झर्दा यस्तो समस्या हुन सक्छ ।