Apache Race Track Experience

काठमाडौं – चारबर्ष देखि बन्द रहेको नेपाल चीनबीचको तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ ।

उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र चिनियाँ बाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङ छीले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको उद्घाटन गरेका हुन् ।

मितेरी पुलमा आयोजित औपचारिक समारोहबीच नाकाको उद्घाटन भएपछि ना ६ ख ४७५१ नम्बरको कन्टेनर उनसहित चिनियाँ भुभागबाट नेपाल भित्रिएको छ ।

अन्य ३ कन्टेनर भ्यान पनि उन लिएर नेपाल भित्रिएका छन् । नाकाको उद्घाटन हुने भएपछि सयौं व्यापारी व्यवसायी सहित हजार जना भन्दा बढी स्थानीय सिमा बजार लिपिङमा उत्रिएका थिए ।

तर तत्कालका लागि भने सामान आयात र निर्यातका लागि मात्रै नाका सञ्चालनमा ल्याइएको हो । व्यापारिक रुपमा तातोपानी नाका राम्रो गरी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्नेछ ।