tvs-race

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ ।

योजना अन्तर्गत टाटा ब्रान्डका स्कुल बसको खरिदमा एक लाख नगद छुट सहित सोनी ५५ इन्च एलईडी स्मार्ट टिभी, सामसुङ नोट मोबाइल, ल्यापटप र प्रोजेक्टर तथा प्रिन्टर मध्ये कुनै एक उपहार स्वरुप प्राप्त गर्न सकिने छ ।

योजनाले आफ्ना ग्राहकको वदलिदो इच्छा र अकांक्षालाई पुरा गरि टाटा स्कुल बसलाई नेपाली बजारमा आफ्नो छुट्टै छबि बनाउन सहयोग गर्ने कम्पनीले विश्वास गरेको बताएको छ । यी बसहरु विद्यार्थीहरुको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको हो ।

Motorhead

कम्पनीका अनुसार टाटा स्कुल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्वन्धी सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ । उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसहरुको लामो आयुको अतिरिक्त उत्कृष्ट रिसेल भ्याल्यु भएको पनि कम्पनीले बताएको छ ।