tvs-race

काठमाडौं – टाटा मोटर्सले नेपाली बजारलाई लक्ष्यित गरेर गत माघ महिना देखि टाटा मोटर्स जेन्युइन इन्जिन आयल उपलब्ध गराइरहेको छ ।

नेपाली बजारका लागि आधिकारिक वितरकको रुपमा सिप्रदी अटो पार्ट्स प्रालिले एक कार्यक्रमको आयोजना गरी सो इन्जिन आयल सार्वजनिक गरेको थियो ।

टाटा जेन्युइन इन्जिन आयल, गियर आयल र रियर एक्सल आयल विभिन्न प्याक साइजमा सार्वजनिक गरिएको छ । यी उत्पादन १ लिटर देखि १५ लिटरको प्याक साइजमा उपलब्ध छन् ।

कमर्सियल भेइकलका लागि उपलब्ध गराइएका यी उत्पादनले गाडीको पर्फमेन्सलाई राम्रो बनाउनुका साथै यात्रालाई सधै निरन्तरता दिन सघाउ पुग्ने बताइएको छ ।

Motorhead

विभिन्न गाडी निर्माता कम्पनीहरुले इन्जिन आयल आफै नै उपलब्ध गराइरहेको समयमा टाटा मोटर्सले पनि नेपाली सडकमा गुडिरहेका कमर्सियल गाडीहरुलाई लक्ष्यित गर्दै सो इन्जिन आयल नेपाली बजारमा उपलब्ध गराएको हो ।