टेलजीको ’लियोपार्ड’ स्कुटर नेपाली बजारमा, एक पटकको चार्जमा १३० किलोमिटर गुड्ने

टेलजीको नयाँ इलेक्ट्रिक स्कुटर ’लियोपार्ड’ नेपाली बजारमा आएको छ । नेपालस्थित आधिकारिक बितरक योम माइ–मोटर्स प्रालिले नयाँ स्कुटर ’लियोपार्ड’ सार्वजनिक गरेको हो ।

२.५ किलोवाट पावरको मोटर र ३.२ किलोवाट आवरको ब्याट्री प्याक रहेको लियोपार्ड स्कुटरले एक पटकको फुल चार्जमा १३० किलोमिटरको रेन्ज दिन सक्ने कम्पनीले जनाएको छ । फुल चार्ज गर्न ५ घन्टा लाग्ने यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एडजस्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट र ठूलो अन्डर सिट स्पेस लगायतका सुविधा उपलब्ध गराइएको छ ।

नयाँ वर्ष सन् २०२१ को सुरुवातलाई मध्यनजर गर्दै कम्पनीले स्कुटरको बिक्रीका लागि आकर्षक योजना लागू गरिएको जनाएको छ । लियोपार्डको खरिदमा ग्राहकले २५ हजार रुपैयाँ बराबरको छुट पाउन सक्नेछन् । यो छुट अन्तर्गत प्रत्येक ग्राहकले १५ हजार रुपैयाँ नगद र १० हजार रुपैयाँ बराबरको एसेसरिज (ब्लुटुथ हेलमेट, पिलियन ब्याक रेस्ट, फुट म्याट) निशुल्क पाउन सक्ने बताइएको छ ।

उच्चस्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको स्कुटर रातो, सेतो र सुनौलो लगायतका तीन रङमा बजारमा ल्याइएको छ । लियोपार्ड स्कुटरको नेपाली बजार मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।
यस अघि कम्पनीले टेलजीअन्तर्गत लायोन र टाइगर लगायत दुईवटा सिरिजको स्कुटर बजारमा ल्याइसकेको छ । ’टेल्जी लियोपार्ड’ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता हुन सफल विद्युतीय स्कुटर हो। टेल्जी ब्रान्डका स्कुटरको बिक्री संसारका ७७ देशमा भइरहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...