सुजुकीको नयाँ अफरोड भर्सनमा आधारित बाइक भी–स्ट्रोम ६५० एक्सटी लन्च

ISUZU

yamaha-nepal
tvs-race
thee-go

सुजुकी मोटरसाइकल इन्डियाले भारतमा बीएस६ सुजुकी भी–स्ट्रोम ६५० एक्सटी एबीएस लन्च गरेको छ । सो बाइकको एक्स शोरुम मूल्य ८ लाख ८४ हजार भारु तोकिएको छ । जापानी टु ह्वीलर म्यानुफ्याक्चरले सो बाइक अटो एक्सपो २०२० मा सार्वजनिक गरेको थियो । सो बाइक लामो दुरीको यात्राको साथ साथै उबड खाबड बाटोमा पनि सजिलै ड्राइभ गर्न सकिन्छ ।

सो बाइक अफरोड भर्सनमा आधारित एक्सटी भेरिएन्ट लन्च गरिएको हो । यसको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसमा बीएस ६ मापदण्डमा आधारित इन्जिन छ ।

सुजुकी मोटरसाइकल इन्डिया प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर कोइचिरो हिराका अनुसार भी–स्ट्रोम भारतको लागि तयार पारिएको हो । सो बाइकमा कम्फर्ट सिट र फ्लेक्जिबल इन्जिन समावेश गरिएको छ । सो बाइकमा नयाँ बीएस६ इन्जिन समावेश गरिएको छ । जसले बाइकलाई क्लिन र ग्रिनर बनाउन सहयोग गर्छ ।

बाइकमा नयाँ बीएस६ ६४५ सीसी, फोर स्ट्रोक, लिक्विड कुल्ड, डीओएचसी, ९० डिग्री भी ट्वीन पेट्रोल इन्जिन समावेश गरिएको छ । सो बाइकमा सुजुकीको नयाँ ईजी स्टार्ट सिस्टम समावेश छ । यद्यपि कम्पनीले सो बाइकको पावर र टर्कको साथै माइलेजको बारेमा केही जानकारी दिएको छैन ।

सो बाइकको बीएस४ मोडलको इन्जिन ७० बीएचपीको पावर र ६२ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा एन्टि लक ब्रेकिङ सिस्टमको साथ थ्री मोड ट्रयाक्सन कन्ट्रोल सिस्टम रहेको छ ।

सो बाइक २ कलर अप्सनमा उपलब्ध रहेको छ । जसमा शेपेन यल्लो र पर्ल ग्लेसियर ह्वाइट समावेश रहेको छ । बाइकमा अन्य फिचर विन्डसिल्ड, सेट अप सिट, स्पोक्स ह्विल समावेश रहेको छ ।

सो बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ जुन यूएसबी चार्जर र १२ वोल्ट पावर सकेटको साथमा उपलब्ध रहेको छ । सेफ्टीको लागि रियरमा ट्विन ३२० एमएम डिस्क र फ्रन्टमा २६० एमएम सिंगल डिस्क समावेश गरेको छ । सो बाइक २१६ किलोग्राम रहेको छ ।


Subscribe Now