tvs-race

सुजुकीले २०२० एसभी ६५० को ग्लोबल मार्केट भर्सन सार्वजनिक गरेको छ । यो बाइक पहिले जापानमा लन्च हुनेछ । त्यसपछि सो बाइक अन्य देशमा लन्च गरिने छ । तर यसको बारेमा कम्पनीले कुनै आधाकारित जानकारी दिएको छैन ।

सो बाइकमा ६४५ सीसीको भी ट्वीन इन्जिन समावेश गरिएको छ जसले ७७ पीएसको पावर र ६४ एनएमको टर्क जेनेरेट गर्छ । कम आरपीएममा पनि सो इन्जिनले पावरफुल टर्क जेनेरेट गर्छ । यो भन्दा पहिले सो इन्जिन भी स्ट्रोम ६५० मा पनि समावेश गरिएको थियो । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

सो बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स समावेश गरिएको छ । बाइकमा ब्रेकिङ परफर्मेन्स राम्रो बनाउनको लागि एन्टि लक ब्रेकिङ सिस्टम छ । सो बाइकमा सुजुकी ईजी स्टार्ट सिस्टम पनि दिइएको छ । सो बाइक ३ कलर अप्सनमा उपलब्ध रहेको छ ।

सुजुकीको सो बाइकको कावासाकी जेड ६५० र यामाहा एमटी–०७ सँग प्रतिस्पर्धा हुनेछ । कम्पनीले सो बाइकको मूल्यको बारेमा केही जानकारी दिएको छैन ।