बुटवलमा सुजुकी बर्गम्यान स्ट्रिट १२५ लन्च, ¥याली समेत आयोजना गरियो

बुटवल – बुटवलमा सुजुकीको नयाँ स्कुटर बर्गम्यान स्ट्रिट १२५ को बिक्री शुभारम्भ गरिएको छ । बुटवलको लागि सुजुकी टु ह्विलर्सको आधिकारिक विक्रेता आर एस अटोमोबाइल्सले यसको बिक्री शुभारम्भ गरेको हो ।

आज आयोजित एक कार्यक्रमका बीच नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का अध्यक्ष जीवन अधिकारी र सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सको तर्फबाट मार्केटिङ म्यानेजर नवराज कोइराला तथा अन्य अतिथिहरुले सो स्कुटर बिक्रीको औपचारिक शुभारम्भ गरे ।

नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबैभन्दा आकर्षक र सुविधाजनक दावी गरिएको सुजुकी बर्गम्यान स्ट्रिट पहिलो म्याक्सि स्कुटर हो, जसमा १४ इन्च आकारको ट्युबलेस टायर छ । यसमा ८.७ बीएचपी क्षमताको शक्ति उत्पादन गर्ने १२४.३ सीसीको शक्तिशाली इन्जिन छ ।

यसको अघिल्लो भागमा डिस्क ब्रेक छ भने इन्धन ट्यांकी ५.६ लिटर क्षमताको छ ।

डिजिटल ड्यासबोर्ड रहेको सो स्कुटरमा एलईडी हेडलाइट र एलईडी ब्याक लाइट जडान गरिएको छ । एरोडाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि पोर्ट तथा पञ्जा राख्ने भाग जस्ता विविध विशेषताहरु यस स्कुटरमा रहेका छन् ।

फरक खालको बनावटका कारण अत्यन्त आकर्षक देखिनुका साथै आरामदायी र विस्तरित सिट तथा एक्सटेन्डेबल लेगको सुविधाका कारण यो स्कुटर चलाउदा छुट्टै आनन्दको महसुस हुन्छ ।

यसको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ । यसमा ५ बर्षको इन्जिन वारेन्टी उपलब्ध छ ।

सुजुकीले बुटवल तथा आसपासका क्षेत्रमा बिक्री, बिक्री पछिको सेवा र पार्ट्स प्रभावकारी रुपमा प्रदान गरिने आर एस अटोेमोबाइल्सका निर्देशक श्याम बस्नेतले बताए । सो स्कुटर बुटवल र यसको आसपासका क्षेत्रमा समेत एक बेन्चमार्कको रुपमा स्थापित हुने बस्नेतले दावी गरे ।

सो बाइक लन्चिङ तथा बिक्री शुभारम्भ पश्चात बुटवल क्षेत्रमा स्कुटर ¥याली पनि गरिएको छ । नेपालका लागि भीजी अटोमोबाइल्स सुजुकी बाइक तथा स्कुटरको आधिकारिक वितरक हो ।

 

Subscribe Now