शुरुमा ६ लाख ५० हजार बुझाएर किन्न सकिन्छ सुजुकी एस–प्रेसो, यस्तो छ स्किम

ISUZU

thee-go
yamaha-nepal
tvs-race

सुजुकी एस–प्रेसो हाल चार भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ । यी मध्ये सुजुकी एस–प्रेसो स्ट्यान्डर्डको मूल्य २३ लाख ४९ हजार, एलएक्सआईको मूल्य २४ लाख ४९ हजार, भीएक्सआईको मूल्य २५ लाख ४९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ९९ हजार रुपैयाँ छ ।

सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले आगामी भाद्र ३१ गते सम्मका लागि नयाँ सुरुवात सुजुकीको साथ नामक योजना ल्याएको छ । सो योजनाको सदुपयोग गर्न सकिन्छ ।

योजना अन्तर्गत सुजुकीका कारहरुको डाउन पेमेन्ट थोरैमा पनि गर्न सकिने र मूल्यमा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।

यी मध्ये एस–प्रेसोको कुनै पनि भेरिएन्ट किन्न चाहनु हुन्छ भने शुरुमा २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरेर ११ प्रतिशत ब्याजदरमा ९६ महिना सम्म मासिक रुपमा किस्ता तिरेर गाडी आफ्नो बनाउन सकिन्छ ।

यी मध्ये सबैभन्दा महंगो भेरिएन्ट भीएक्सआई प्लस किन्न चाहनु भयो भने के व्यवस्था छ त ? हामीले यसको वारेमा जानकारी दिने प्रयास गरेका छौ ।

महंगो भेरिएन्ट भीएक्सआई प्लसको मूल्य २५ लाख ९९ हजारमा १ लाख रुपैयाँ छुटको व्यवस्था छ । यसरी बाँकी रहेको २४ लाख ९९ हजार रुपैयाँको २५ प्रतिशत मात्र शुरुमा बुझाए पुग्छ । यसो हुँदा शुरुमा ६ लाख ४९ हजार ७५० रुपैयाँ बुझाए गाडी आफ्नो बनाउन सकिन्छ ।

Motorhead

बाँकी रकमलाई ११ प्रतिशत ब्याजमा ९६ महिना सम्म बुझाउन सकिने व्यवस्था भएकोले हिसाब गर्दा पहिलो वर्ष प्रतिमहिना १८ हजार ६६४ र दोस्रो वर्ष देखि ३३ हजार ८८० रुपैयाँ बुझाउन सकिने छ ।

यस्तो छ सुजुकी एस–प्रेसोको विशेषता

सुजुकी एस–प्रेसोमा ९९८ सीसीको बीएस ६ इन्जिन छ, जसले ५५०० आरपीएममा ५० किलोवाटको पावर र ३५०० आरपीएममा ९० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल ट्रान्समिसन छ ।

यसमा एसी सहितको हिटर, पावर स्टेयरिङ, एसेसरी सकेट, फ्रन्ट कन्सोल युटिलिटी स्पेस, रिमोट किलेस इन्ट्री, रियर पार्सल ट्रे, फ्रन्ट पावर विन्डो, टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो, यूएसबी कनेक्टिभिटी, एयूएक्स, स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

सेफ्टी फिचर स् सुरक्षाका लागि यसमा हर्टेक्ट प्लेटफर्म, एयरब्याग, एबीएस, ईबीडी, सिट बेल्ट रिमाइन्डर, रिभर्स पार्किङ सेन्सर, स्पिड अलर्ट सिष्टम, क्र्यास कम्प्लाइन्स, इम्मोबिलाइजर, चाइल्ड प्रुफ रियर डोरलक, प्यासेन्जर साइड एयरब्याग, लो फ्युल वार्निङ, सिटबेल्ट प्रि–टेन्सनर एन्ड फोर्स लिमिटर, डोर अजर वार्निङ र पार्किङ ब्रेक वार्निङ जस्ता फिचर उपलब्ध छन् ।


Subscribe Now