सुजुकीको सियाज कार नेपालमा

ISUZU

yamaha-nepal
thee-go
tvs-race

नेपालका लागि सुजुकी कारको आधिकारिक बितरक सिजी मोटोकर्पले सुजुकीको सियाज कारलाई नेपाली बजारमा उपलब्ध गराएको छ । पुर्ण प्याकेजका रुपमा निर्माण गरिएको सियाज कार स्टाइल, सुरक्षा र इन्धन खपत सबै दृष्टिकोणले उच्च स्तरको रहेको कम्पनीको भनाई छ ।

यसमा पार्किङ सुविधाका लागि पछाडि क्यामेरा जडान गरिएको छ । त्यसैगरी साँचो विनै स्टार्ट गर्न मिल्ने स्मार्ट की तथा पछाडितिर घाम छेक्नका लागि रियर सनसेड र पर्सनल रिडिङ ल्याम्प्स रहेको छ । यसमा प्रयोग गरिएको के १४ भिभिटी इन्जिनले २० दशमलव ७३ किलोमिटरको उच्च माइलेज दिने कम्पनीको दावी छ ।

यो कलासका सेडानमध्ये यो सर्वाधिक राम्रो भएको बताइन्छ । सुजुकीले आफ्नो टोटल इफेक्टिभ कन्ट्रोल टेक्नोलोजी अर्थात एस–टेक्टको अवधारणामा यसको निर्माण गरेको छ । यसमा प्रयोग गरिएका उच्च गुणस्तरीय स्टिलका कारण भित्री भागमा बसेका सबै यात्रुलाई सुरक्षा प्रदान गर्न सक्छ । यो वाहेक इर्गोनोमिक रुपमा डिजाइन गरिएका क्याविन तथा सिटले गर्दा भित्रका यात्रुले अद्वितिय आनन्दको अनुभूति गर्न सक्ने कम्पनीले बताएको छ । १३७३ सिसीको इन्जिनमा उपलब्ध सियाज कारको मूल्य ३२ लाख ९९ हजारबाट प्रारम्भ हुन्छ । सियाज कार विभिन्न ७ रंगमा उपलब्ध छ ।

Motorhead


सियाजका विशेषता
– इन्जिन क्षमता : १३७३ सिसी
– १५ इन्चको एलोई ह्विल
– ५–स्पिड म्यानुअल वा ४–स्पिड अटोमेटिक गियरबक्स
– ड्युअल एयरब्याग
– स्टेयरिङ माउन्टेड अडियो तथा कलिङ कन्ट्रोल
– फग ल्याम्प तथा रियर डिफगर
– रियर एसी भेन्ट्स र १२ भोल्ट चार्जिङ प्वाइन्ट
– किलेस पुस स्टार्ट सिस्टम
– सबै प्यासेन्जरका लागि प्रशस्तै लेगरुम, सोल्डर रुम र हेडरुम


Subscribe Now