सुजन बने हिमालय रोडिज सिजन ३ विजेता, पाए १० लाख र यामाहा बाइक

ISUZU

tvs-race

काठमाडौं – पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् ।

उनले उपाधि जिते पश्चात नगद १० लाख र यामाहा एफजेड बाइक प्राप्त गरेका छन् । अन्तिम टास्क उनले २७ मिनेट ३८ सेकेन्डमा पुरा गरेका थिए । सुजन ग्याङ ग्रिन अन्तर्गत लाहुरेको टिममा थिए ।

सुजनका प्रतिस्पर्धि ग्याङ ब्लु अन्तर्गत समन श्रेष्ठको टिमबाट दिवस श्रेष्ठ थिए । दिवसले सो टास्क ३५ मिनेट २२ सेकेन्डमा पुरा गरेका थिए ।

सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् ।

Motorhead

गत डिसेम्बर १६ तारिखबाट प्रसारण सुरु भएको हिमालय रोडिज कोरोना संक्रमणका कारण सुरु भएको लकडाउनले गर्दा १५ औं श्रृङखलापछि रोकिएको थियो । लकडाउन खुलेपछि प्रसारण सुचारु भएको रोडिजको १८ औं एपिसोडमा बिजेता छानिएको हो ।

सिजन ३ को टाइटल स्पोन्सर यामाहा मोटरसाइकल रहेको थियो ।


Subscribe Now