tvs-race

बेलायतको एम ६२ मोटरवे अन्तर्गत ल्यांकसायर र योर्कसायर बीचको जक्सन २२ र २३ मा यात्रा गर्दा यात्रीहरुले बीचको एक स्थानमा अनौठो सौन्दर्यत्माक दृश्य देख्न पाउछन् । सो मोटरवेको बीचमा एउटा ठूलो बस्ती र खेतवारी देख्न सकिन्छ । यसलाई स्टोट हल फार्म भनिन्छ ।

करिब आधा शताब्दीदेखि सो साइट सर्बाधिक सुन्दर र रोमान्चक साइट बनेको छ । तीव्र गतिमा हुँयकिरहेका यात्रीहरु सो दृश्यलाई रोमान्चकताका साथ हेर्छन् ।

करिब ३ सय वर्ष देखि सो क्षेत्रमा खेतीपाती गरिदै आइएको थियो । त्यतिबेला सो क्षेत्रमा चरा र भेडाहरु मात्र देख्न सकिन्थ्यो । तर करिब एक शताब्दी पहिले सो क्षेत्रमा एम ६२ मोटरवे बनाउने योजना बन्यो । तर सो क्षेत्रका वासिन्दाले आफ्नो भूमि छोड्न चाहेनन् । त्यसैको विकल्पको रुपमा मोटरवेको बीचमा बस्ती रहेको हो ।

बस्तीका वासिन्दाहरुलाई सडक पार गर्न सहज होस् भनेर अन्डरपासको समेत व्यवस्था गरिएको छ । मोटरवेको छेडमा ब्यारियर र फेन्स लगाइएको छ । यसका कारण सुरक्षाको अनुभूति पनि हुन्छ ।