tvs-race
टेक कम्पनी एप्पलका दिवंगत संस्थापन स्टिभ जब्सको कार बिएमडब्ल्यु जेड ८ अमेरिकामा लिलाम गरिने भएको छ । सो कार ४ लाख डलर अर्थात करिब ४ करोड रुपैयाँमा बिक्री हुने अनुमान गरिएको छ ।

लिलामीको आयोजक सोदबेका अनुसार सो कार स्टिभ जब्सले मोडिफाई गरेर चलाएका थिए । यसको इन्टेरियरमा टाइटानियमका साथै कालो रङको लेदर प्रयोग गरिएको छ । सो कार सन् २००० मा खरिद गरिएको थियो ।

यसमा जब्सले प्रयोग गर्ने भिन्टेज मोटोरोला फोन समेत छ ।

एजेन्सी