सवारी साधनमा स्टेयरिङ ह्विल देश अनुसार फरक हुन्छ, थाहा छ किन ?

सवारी साधनको स्टेयरिङ ह्विलको पोजिसन विश्वभर एउटै हुँदैन । नेपाल, भारत र बेलायत लगायतका देशहरुमा दाहिने तर्फ हुन्छ भने अमेरिका, फ्रान्स र हल्याण्ड लगायत विश्वका धेरै देशमा स्टेयरिङ बायाँ तर्फ हुन्छ । विश्वका १६३ देशमा सडकको दाहिनेतर्फ सवारी चलाउने नियम छ भने ७६ देशमा बायाँ तिर चलाउने नियम छ ।

वास्तवमा, सडकमा हिड्ने नियम संसारका सबै देशमा विभिन्न समयमा सुरु भएको थियो, तर प्राचीन कालमा संसारका अधिकांश देशमा सडकको देब्रेपट्टि हिँड्ने चलन थियो । १८औँ शताब्दीमा पहिलोपटक सडकको दाहिनेतर्फ हिँड्ने चलन सुरु भएको थियो । सडक नियमको पहिलो वास्तविक पुरातात्विक प्रमाण रोमन साम्राज्यबाट आउँछ ।

रोमन साम्राज्यमा र मध्य युगमा नागरिक सडकको बायाँपट्टिबाट हिड्ने गर्थे । मध्य युगको समयमा यात्रुहरूका लागि सडकमा हिड्नु सधैं सुरक्षित थिएन र उनीहरूले अर्को छेउबाट सडक पार गर्ने डाकुहरू र लुटेराहरूलाई पनि बेवास्ता गर्नुपथ्र्यो, किनकि धेरैजसो दाहिने हात प्रयोग गरिन्थ्यो । बाटोको छेउमा हिँड्दा तरवारधारीहरूले आफ्नो दाहिने हातमा तरवार राखे शत्रुहरूलाई सजिलै आक्रमण गर्न सक्षम थिए । साथै बाटोको देब्रेपट्टि हिँड्ने मानिसहरूले बाटोमा भेटेका साथीहरूलाई दाहिने हातले सहजै अभिवादन गर्न सकिन्थ्यो ।

तर १३०० ईस्वीमा पोप बोनिफेस आठौंले संसारका विभिन्न देशबाट रोम आउने मानिसहरूले आफ्नो यात्राको क्रममा सडकको बायाँ छेउमा हिड्ने नियम पालना गर्न आदेश दिए । यसपछि १७औँ शताब्दीको अन्त्यसम्म लगभग सबै पश्चिमी देशहरूमा सडकको बायाँ तर्फ सवारी चलाउने नियमको पालना भएको थियो ।

१८ औं शताब्दीमा फ्रान्स र अमेरिकामा सामान बोक्नका लागि ठूला गाडाहरुको प्रयोग हुन्थ्यो, जसलाई घोडाले तान्थ्यो । ती सवारीसाधनमा चालकलाई बस्ने ठाउँ थिएन । त्यसैले मानिस एउटा घोडामा बसेर अर्को घोडा चलाउने गर्दथ्यो । अब चालकले ह्विप प्रयोग गर्न आफ्नो दाहिने हात खाली राख्नुपर्ने थियो । त्यसैले उनीहरु देब्रेपट्टि जोडिएको अन्तिम घोडामा बस्नु पथ्र्यो । गाडीको देब्रेपट्टि बसेकाले उनी बसेको ठाउँबाट अगाडिबाट आउने सवारीसाधन गुड्ने गरी सडकको दाहिनेतर्फ गाडी चलाउने गर्थे । यसबाट दुईवटा सवारीसाधन क्रस गर्दा त्यसतर्फ नजर राख्न सकिन्थ्यो ।

भारतमा बायाँ तर्फ हिँड्ने चलन इङ्गल्याण्डको उपहार हो । त्यही चलन नेपालमा समेत चल्यो । भारतमा लामो समयसम्म इङ्गल्याण्डको शासन थियो । यस्तो अवस्थामा अङ्ग्रेजहरूले भारतमा आफ्नै देशमा जस्तै सडकको देब्रेपट्टि हिँड्ने नियम बनाएका थिए । जब कारहरू भारतमा आए, तिनीहरूको स्टेयरिङ पनि इङ्गल्याण्ड जस्तै दाहिने तिर राखिएको थियो । त्यसैगरी, अमेरिकामा १८औँ शताब्दीदेखि दायाँतर्फ गाडी चलाउने चलन थियो, त्यसैले गाडीको स्टेयरिङ बायाँतिर राख्न थालियो ।

सन् १९६९ मा गरिएको एक अनुसन्धानले बायाँतर्फ ट्राफिक चलाउँदा कम दुर्घटना हुने देखियो । यहाँ ड्राइभरको सिट दायाँ छेउमा हुने भएकाले गाडी चलाउँदा सडक पूरै देखिन्छ । जसका कारण सडकमा हुने हरेक गतिविधि चालकलाई प्रष्ट देखिन्छ । यसले दुर्घटनाको सम्भावना कम गर्छ ।

सम्बन्धित समाचारहरू

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

काठमाडौं– सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई औपचारिक...

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्यापको क्र्यास टेष्टमा बीवाइडी डल्फिनलाई ५ स्टार रेटिङ

बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...