स्पेयर पार्ट्सको मूल्य बढ्ने पक्का, बाध्यतामा नेपाली व्यवसायीहरु

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिसँगै नेपाली बजारमा समेत सवारी साधनमा लाग्ने स्पेयर पार्ट्सको मूल्य बढ्ने भएको छ । उपयुक्त समयमा यस्ता पार्ट्सको मूल्य बढाउनै पर्ने अवस्था आएको र यसका लागि उपयुक्त समयको पर्खाइमा रहेको नेपाली स्पेयर पार्ट्स व्यवसायीहरुले बताएका छन् ।

नेपालमा सवारी साधनमा लाग्ने ब्याट्री, लुब्रिकेन्ट, टायर लगायतका विभिन्न स्पेयर पार्ट्सहरु धेरैजसो भारत र चीनबाट भित्रिने गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भविष्यमा यसको मूल्य घट्न सक्ने सम्भावना भए पनि अहिले तत्कालका लागि भने मूल्य बढाउनै पर्ने बाध्यतामा व्यवसायीहरु पुगेको बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव तथा भावना बिजनेस लिंकका म्यानेजिङ डाइरेक्टर सुनिल रिजाल हाल लकडाउन पश्चात भारतमा गाडी उत्पादन पहिलेको तुलनामा निकै बढिरहेको र यो अवस्थामा ओईएम सप्लायरहरुले प्रशस्तै ओरिजिनल पार्ट्स गाडी बिक्रेता कम्पनीहरुलाई उपलब्ध गराउनु पर्ने भएकाले उनीहरुलाई भ्याई नभ्याई भएको बताउँछन् । विगत ८, १० महिना शिथिल बनेको यो व्यवसायमा एकै पटक धेरै माग आएको कारणले पार्ट्स निर्माता कम्पनीहरुलाई माग धान्नै समस्या परेको अवस्थामा नेपाली बजारलाई आवश्यक मात्रामा पार्ट्स उपलब्ध गराउन नसकिएको बताउछन् । यो अवस्थामा कच्चा पदार्थ र श्रमको मूल्य समेत बढेको र अन्ततोगत्वा पार्ट्सको मूल्य समेत बढ्न पुगेको उनले बताए ।

नाडा लुब्रिकेन्ट समितिका सभापति एवं ईएनआई लुब्रिकेन्टको आधिकारिक वितरक श्री एसटीसी प्रालिका म्यानेजिङ डाइरेक्टर सुरेश उप्रेतीले अन्तर्राष्ट्रिय बजारमा विगत चार महिना यता कच्चा तेलको मूल्यमा ३० देखि ४० प्रतिशत सम्म वृद्धि भइरहेको र यसका लागि आवश्यक कन्टेनर, प्लाष्टिकको बट्टा बनाउनका लागि लाग्ने दानाको मूल्यमा समेत १० देखि १२ प्रतिशत सम्म मूल्य वृद्धि भइरहेको बताउछन् । कम्पनीहरुले प्रत्येक साता नयाँ मूल्य सूची सार्वजनिक गरिरहेको अवस्थामा नेपालमा पनि अवश्य पनि लुब्रिकेन्ट र अन्य विभिन्न स्पेयर पार्ट्सको मूल्य बढाउनु पर्ने बाध्यतामा व्यवसायीहरु रहेको उनको भनाइ छ ।

उप्रेतीका अनुसार स्पेयर पार्ट्सका लागि आवश्यक स्टिलमा ४० प्रतिशत र प्लाष्टिकका प्याकहरुमा ८ देखि १२ प्रतिशत सम्म मूल्य बढेको छ । कोभिड–१९ का कारण श्रमिकहरुको अभाव भएकाले पनि यस्तो भएको हुन सक्ने र भविष्यमा अवस्था राम्रो भएमा मूल्यमा परिमार्जन हुन सक्ने भए तापनि तत्कालका लागि मूल्य बढाउनै पर्ने बाध्यतामा व्यवसायीहरु रहेको उनको भनाइ छ ।

सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र ब्याट्री, लुब्रिकेन्ट र अन्य विभिन्न पार्ट्सको मूल्य बढाउनु पर्ने बाध्यता आइलागेको बताउँछन् । चीनबाट सामान लिएको कन्टेनरको भाडा पहिले १ हजार २ सय डलरमा पाउने गरिएकोमा अब ३ हजार डलरमा पाउन पनि समस्या भएको उनले बताए । यो अवस्थामा विभिन्न ब्रान्डको कारोबार गर्न समेत समस्या भएको उनको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...