साउथ एसियन अटोमोटिभ फोरम गठन, नाडाबाट दुलाल र चौधरी सदस्य

ISUZU

tvs-race
thee-go
yamaha-nepal

दक्षिण एसियाली राष्ट्रहरुको अटोमोबाइललाई व्यवस्थित गर्न साउथ एसियन अटोमोटिभ फोरम गठन भएको छ ।

फोरममा नेपाली अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाको तर्फबाट अध्यक्ष कृष्णप्रसाद दुलाल र उपाध्यक्ष करण चौधरी सदस्य बनेका छन् ।

भारतको ग्रेटर नोयडामा जारी अटो एक्स्पो २०२० मा सहभागी सार्क देशका प्रतिनिधिहरुबीच सो फोरम गठन गर्न सहमति भएको हो ।

फोरममा नेपालको तर्फबाट नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल समेत समावेश भएको छ । नाडा सहित अटोमोबाइल व्यवसायीहरुको टोली एक्सपोमा सहभागी रहेको थियो ।

फोरमले रोड सेफ्टी, अटोमोबाइललाई व्यवस्थित गर्ने, अटोमोबाइललाई दक्षिण एसियामा व्यवस्थित गर्न नीतिगत तहमा समेत काम गर्ने जनाइएको छ ।

फोरममा नेपाल, भारत, श्रीलंका, म्यानमार, बंगलादेश लगायतका अटोमोबाइल व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहेको नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

 


Subscribe Now