पोखरामा सोनालिका ट्याक्टर सोरुम शुभारम्भ, टीटी इन्टरनेसनल बन्यो आधिकारिक वितरक

ISUZU

thee-go
tvs-race
yamaha-nepal

पोखरा – पोखरामा सोनालिका ट्याक्टरको सोरुम सञ्चालनमा आएको छ । गण्डकी तथा धौलागिरीको लागि आधिकारिक विक्रेताको रुपमा टीटी इन्टरनेसनल प्रालिले उक्त सोरुम संचालनमा ल्याएको हो ।

पोखरा–९ नयाँ बजारमा अवस्थित सोरुम लक्ष्मी पुजाको शुभ साइत पारेर शुभारम्भ गरिएको हो । एक समारोहका बीच सोरुम शुभारम्भ गर्दै टीटी इन्टरनेसनल प्रालिका कार्यकारी अध्यक्ष डिल्लीराज सुवेदी (शिशिर) ले पोखराबाट सोनालिका ब्रान्डका विभिन्न मोडलका ट्याक्टरहरुको औपचारिक रुपमा बिक्री–वितरण शुरु भएको घोषणा गरे ।

इन्टरनेसनल ट्याक्टर्स लिमिटेडले उत्पादन गर्ने सोनालिका ट्याक्टर नेपाली बजारमा निकै नै लोकप्रिय मानिन्छन् ।

सोनालिका ब्रान्डमा २२ हर्ष पावर देखि ७५ हर्ष पावरका टु ह्विल र फोर ह्विल ड्राइभका ट्याक्टरहरु उपलब्ध रहेका छन् । यी ट्याक्टरको मूल्य ८ लाख देखि २४ लाख ७० हजार रुपैयाँ सम्म रहेको बताइएको छ ।

ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर २४ सैं घण्टा सेवा उपलब्ध गराउने उद्देश्यका साथ आधुनिक सर्भिस सेन्टर तथा सम्पुर्ण स्पेयर पार्ट्सको समेत उपलब्धता रहेको सुवेदीले बताए ।

सोरुम शुभारम्भको दिनमा नै ६ वटा ट्याक्टर बिक्री गर्न सफल भएको बिक्री प्रबन्धक देवराज पौडेलले जानकारी दिए । नेपालमा सबै भन्दा बढी बिक्री हुँदै आइरहेको सोनालिका ट्याक्टरलाई गण्डकी तथा धौलागिरीमा समेत सर्वोत्कृष्ट बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।


Subscribe Now