Apache Race Track Experience

काठमाडौं – न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढेको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्न लागेको हो ।

कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवालका अनुसार न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट हुनेपार्किङ स्टिम लागू छ । ती स्थानमा आठ साय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको अग्रवालले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि एक साता परिक्षण गरिने र परीक्षण कालमा सर्वासाधारणले निःशुल्क पार्किङ गर्न सक्ने छन् । सम्झौताअनुसार स्मार्ट पाकिङबाट उठेको शुल्कको १० देखि १५ प्रतिशत कम्पनीले राख्ने छ ।

यो योजना लागु भएपछि मोबाइलबाट पार्किङ छ कि छैन भन्ने हेर्न सकिनेछ। ठाउँ खाली भए बुक पनि गर्न सकिनेछ ।

त्यसका लागि त्यहाँ जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्नु पर्नेछ । पार्किङ बुकिङ १५ मिनेट अगाडिमात्र गर्न सकिनेछ ।

त्यस ठाउँमा पार्किङको अवस्था जानकारी दिन एलईडी स्क्रिन राखिएको हुन्छ । रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् ।

पार्किङको लागि दुई पांग्रे सवारीले प्रतिघन्टा २५, चार पांग्रेले ६० र छ पांग्रेभन्दा माथिका सवारीले २०० रूपैयाँ तिर्नु पर्नेछ ।

यो सेवा लिन मोबाइलमा ‘पार्क केटिएम’ नामक एप डाउनलोड गर्न गर्नुपर्नेछ । यो एप एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध हुने बताइएको छ ।