कोभिड–१९ को उच्च जोखिमका कारण स्मार्ट लाइसेन्स वितरण बन्द

ISUZU

tvs-race

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट लाइसेन्स वितरण बन्द गरेको छ ।

कोभिड–१९ अर्थात कोरोना भाइरसको उच्च जोखिम सो क्षेत्रमा रहेको तथा संक्रमण बढ्दै गएको हुँदा साउन १९ देखि अर्को व्यवस्था नभए सम्मको लागि स्मार्ट कार्ड वितरण बन्द गरिएको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुना, सानो भ-याङ आदिले सूचना प्रकाशित गर्दै सो जानकारी दिएका छन् ।

त्यसैगरी सिस्टममा सच्याए पश्चात नवीकरण गर्न सकिने र म्याद सकिए पनि भदौ मसान्तसम्म जरिवाना नलाग्ने भएको छ।

Motorhead

मन्त्री परिषद्को निर्णयअनुसार नविकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिवाना बुझाउनु नपर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ।


Subscribe Now