Apache Race Track Experience
काठमाडौं – तिलगंगादेखि कलंकीसम्म स्काई रेल सम्भव होला ? काठमाडौंमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्न जिम्मा पाएको साइमेक्स इंक कम्पनीले यो सम्भव भएको बताएको छ ।

 
साइमेक्स इंक कम्पनीले काठमाडौंमा स्काई रेलको सञ्चालन गर्न सकिने निष्कर्षसहितको रिपोर्ट काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।

 
साइमेक्सले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल सञ्चालनको प्रस्ताव गरेको छ । यसको रुट तिलगंगाबाट सुरु भएर एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।

 
साथै भविष्यमा यो रुटलाई कीर्तिपुरसम्म लम्ब्याउने सकिने साइमेक्सको रिपोर्टले देखाएको छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ ।

 
प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरुसँग समन्वय गरेर उपयुक्त प्रस्ताव अघि बढाइने बताएका छन् ।