tvs-race

स्कोडाले मंगलबार भारतीय बजारमा ३ नयाँ कार लन्च गरेको छ । यसमा स्कोडा कारोक एसयूभी, २०२० स्कोडा सुपर फेसलिफ्ट र स्कोडा -यापिड १.० टीएसआई समावेश छन् । कारोक एसयूभी एक भेरिएन्ट, नयाँ सुपर्ब २ भेरिएन्ट र -यापिड १.० टीएसआई ५ भेरिएन्टमा उपलब्ध रहेको छ । तीनै कार पेट्रोल इन्जिनमा मात्र लन्च गरिएको छ ।

स्कोडा कारोक
स्कोडा कारोक ५ सिटर एसयूभी हो । यो एक फुल लोडेड भर्सनमा भारतीय बजारमा मात्र लन्च गरिएको छ । यसको मूल्य २४ लाख ९९ हजार भारु तोकिएको छ । सो कारमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । जसले १४८ बीएचपीको पावर र २५० एनएमको पीक टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्स समावेश रहेको छ । कम्पनीको दाबी छ कि सो एसयूभी ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको स्पिड लिन्छ । यसको टप स्पिड २०२ किलोमिटर प्रतिघन्टा र माइलेज १४.४९ किलोमिटर प्रति लिटर रहेको छ ।

सो कारमा प्यानोरमिक सनरुफ, भर्चुअल ककपिट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १७ इन्च अलोय ह्विल, एलईडी हेडलाइट, ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ड्युअल जोन क्लाइमेट कन्ट्रोल जस्ता फिचर रहेको छ । सेफ्टीको लागि ९ एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, ईएससी, हिल स्टार्ट असिस्ट, फ्रन्ट र रियर पार्किङ सेन्सर तथा रियर पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहेको छ ।

स्कोडा सुपर्ब फेसलिफ्ट
स्कोडा सुपर्ब फेसलिफ्टको मूल्य २९ लाख ९९ हजार देखि ३२ लाख ९९ हजार भारुसम्म रहेको छ । यसको सुरुवाती मूल्य पुरानो मोडेल भन्दा ४ लाख भारु महँगो रहेको छ । यसमा नयाँ २.० लिटर टर्बो पेट्रोल इन्जिन समावेश गरिएको छ, जसले १९० एचपीको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

कम्पनीले सो कार ७.७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने दावी गरेको छ । यसको टप स्पिड २३९ किलोमिटर प्रतिघन्टा रहेको छ । अपडेट गरिएको कारको माइलेज १५.१० किलोमिटर प्रति लिटर रहेको छ । सो कारमा भर्चुअल ककपिट, ३ जोन क्लाइमेट कन्ट्रोल, प्यानोरमिक सनरुफ, ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पावर्ड एन्ड भेन्टिलेटर फ्रन्ट सिट, फ्रन्ट र रियर सेन्सर तथा ह्यान्ड्स फ्रि पार्किङ जस्ता फिचर रहेको छ ।

स्कोडा -यापिड १.० टीएसआई
स्कोडा -यापिड १.० टीएसआईको सुरुवाती मूल्य ७ लाख ४९ हजार देखि ११ लाख ७९ हजार भारु रहेको छ । यसमा १.० लिटर टर्बाे पेट्रोल इन्जिन समावेश गरेको छ जसले ११० एचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । सो कारको इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश गरेको छ । ¥यापिडको माइलेज १८.७९ किलोमिटर प्रति लिटर रहेको छ ।

नयाँ -यापिडको डिजाइन र डायमेन्सन पुरानो मोडेलसँग मिल्दोजुल्दो रहेको छ । सो कारमा नयाँ १६ इन्चको कालो अलोय ह्विल, एलईडी हेडल्याम्प, एलईडी डीआरएल, रियर डिफ्युजर र कालो लिप स्पोइलर जस्ता फिचर रहेको छ । कारमा लेदर अपहोल्स्ट्री, क्लाइमेट कन्ट्रोल, अटो डिमिङ इनसाइड मिरर, रियर एसी भेन्ट्स, क्रुज कन्ट्रोल र ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर समावेश गरेको छ ।