बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कार खरिद गर्दा कम्पनीले कारको जानकारीको लागि क्याटलग पनि दिएको हुन्छ । सो क्याटलगमा कार कसरी चलाउने, मेन्टिनेन्टस र सिस्टमको बारेमा सम्पूर्ण जानकारी दिएको हुन्छ । कम्पनीको नियमानुसार कार ड्राइभ गरेमा कार लामो समयसम्म ड्राइभ गर्न सकिन्छ । तर यदि कार जथाभावी चलाएमा ५ वर्ष भित्रै कबाडी हुन सक्छ ।
कार ड्राइभ गर्दा प्रायः चालकको एउटा हात स्टेयरिङमा र अर्काे हात गियरबक्समा रहेको हुन्छ । यस्तो बानीले कारको गियरबक्सलाई अन्जानमै समस्या पु-याइरहेको हुन्छ । गियर लिभर सिफ्टिङ रिल्सको माथि हुन्छ । ट्रान्समिसन भित्र रहेको सिफ्टिङ फक्स जहिले पनि दोस्रो गियरमा परिवर्तनको लागि तयारी अवस्थामा रहेको हुन्छ । त्यसैले लगातार हात गियर माथि राख्दा सिफ्टिङ रिल्स तल दबिएको हुन्छ र सिफ्टिङ फक्स तल प्रेसर बनाएको हुन्छ । जसले गर्दा लगातार फ्रिक्सन बनाएको हुन्छ र चाँडै बिग्रने डर रहन्छ । त्यसैले कार ड्राइभ गर्दा दुबै हात स्टेयरिङमा वा एउटा हात आर्म रेस्टमा राख्नु पर्छ ।
कार ड्राइभ गर्दा चालकको खुट्टा क्लच वा ब्रेक प्याड माथि फुट रेस्टको लागि राखिएको हुन्छ । यसो गर्दा क्लच चाँडै बिग्रन सक्छ । साथै सडकमा रेड लाइटमा कार रोक्दा स्टार्टमा क्लच दबाएर राख्नु हुँदैन । सकेसम्म जहिले पनि गियर न्युट्रलमा राखेर ह्यान्ड ब्रेक लगाउनु पर्छ । यसो नगरेमा इन्जिन र क्लचमा लोड परेको हुन्छ ।
कार ओरालोमा चलाउँदा लगातार ब्रेक समाउने वा पेट्रोल बचाउने लोभमा स्टार्ट बन्द गरेर चलाउनु हुँदैन । यो प्रक्रिया निकै खतरनाक हुन सक्छ । कार बन्दा गर्दा कारको पावर स्टेयरिङ लक हुन्छ र लगातार ब्रेकमा खुट्टा राख्दा ब्रेक शुमा हानी पु-याएको हुन्छ । कार ओरालोमा चलाउँदा पहिलो वा दोस्रो गियरमा ड्राइभ गर्नु पर्छ । उकालोमा कार कुनै कारणवश रोक्नु पर्दा बढिजसो चालक हाफ क्लच र एक्सिलेरेटर स्पिड दिएर चलाउन खोज्छन् । यसले क्लच प्लेट खराब हुन सक्छ । यस्तो परिस्थितिमा पहिला कार न्युट्रल राख्नु, विस्तारै स्पिड बढाउँदै ह्यान्डब्रेक छोड्नु पर्छ ।
टर्बाे चार्जर इन्जिन भएको कार रोक्दा कहिल्यै पनि इन्जिन तुरुन्त बन्द गर्नु हुँदैन । टर्बाे चार्जर इन्जिनमा अधिकतम आरपीएममा घुमिरहेको हुन्छ । जसले गर्दा यसको तापक्रम बढी हुन्छ । त्यसैले कार तुरुन्त बन्द गर्दा टर्बाे चार्जर खराब हुन सक्छ । कार रोक्दा इन्जिन १५ देखि ३० सेकेन्ड पछि मात्र बन्द गर्नु पर्छ ।
सडकमा कुनै कुनै स्थानमा स्पिड ब्रेकर रहेको हुन्छ । कार ड्राइभ गर्दा स्पिड ब्रेकरमा कार स्लो त गरेको हुन्छ तर स्पिड ब्रेकर पछि सोही गियरमा कार एक्सलिरेट गरेको हुन्छ । कार जुन गियरमा राखिएको हुन्छ कारको इन्जिनलाई सो गियरमा आउनको लागि निकै मेहनत गर्नु पर्ने हुन्छ । यसले सिलिन्डर हेड, गियर बक्स र क्लच खराब हुन सक्छ ।
अटोमेटिक कार पार्किङ गर्दा कहिल्यै पनि पार्किङ मोडमा चलाउनु हुँदैन । पार्किङ मोडमा कार पार्क गर्दा कारको सबै लोड ट्रान्समिसनमा लागेको हुन्छ । ट्रान्समिसनमा पार्किङ पाउल हुन्छ जसमा पुरा दबाव परेको हुन्छ । जसले यो खराब हुन सक्छ । त्यसैले अटोमेटिक कार पार्क गर्दा ह्यान्डब्रेकको प्रयोग गर्नु पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...