मेकानिकलाई गुरु बनाउने सिप्रदीको अभियान

नेपालका लागि टाटा गाडीको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्राली अटोमोबाइल ब्यावसायमा स्थापित नाम हो । टाटाका कमर्सियल भेहिकल र प्यासेन्जर कारको सफल कारोबार गर्दै आइरहेको सिप्रदी नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित ब्यावसायीक घरना मध्येको एक अग्रणी कम्पनी समेत हो । देशैभर बिक्री र बिक्रीपछिको सञ्जाल बिस्तार गर्न सफल सिप्रदी सफलताको प्रमुख जगका रुपमा कम्पनीले उपलव्ध गराउने बिक्री र बिक्री पछिको सेवा क्षेत्रलाई लिने गरिन्छ । टाटा गाडी किनेपछि सर्भिस र स्पेयर पार्टस नपाएर हैरानी खेप्नु नपर्ने ग्राहकमाझ बिश्वास कायम छ । सोही बिश्वासको जगमा कम्पनीले ब्यावसायिक सफलता हासिल त गरेको छ नै नेपालको अटोमोबाइल ब्यावसायमा रोल मोडल समेत बनेर उदाएको छ । अटोमोबाइल ब्यावसायमा स्थापित हुँदै सफल बन्न स्पेयर पार्टसको सहज उपलब्धताले सबैभन्दा महत्वपूर्ण भुमिका निर्बाह गरेको हुन्छ भन्ने कुरा मनन गर्दै कम्पनीले जेन्युइन पार्टस्को सहज कारोबारका लागि छुट्टै युनिटका रुपमा सिप्रदी अटो पार्टस स्थापना गरेको छ । स्पेयर पार्टस्को सहज उपलव्धता र गुणस्तरमा जोड दिँदै आएको यो कम्पनीले पछिल्लो समय गाडीको मर्मत सम्भार गर्ने वर्कशपको आधुनिकिकरण र दक्ष जनशक्ति उत्पादन गर्न मेकानिकलाई तालिम तथा सेमिनारको आयोजना गर्दै आएको छ । यसको साथै गाडी मर्मत सम्भारमा अहोरात्र खट्ने मेकानिकको पहिचान र उनीहरुको जीवनस्तर उकास्न नबिनतम अभियानको थालनी समेत गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत पछिल्लो समय चर्चामा रहेको टाटा गुरुले मेकानिकलाई सम्मानजनक पहिचान दिँदै उनीहरुको जीवनयापनमा समेत सहजता थप गरेको छ । यो अभियानले मेकानिकलाई मात्र नभई गाडी धनी र कम्पनीको ब्यावसायिक बिस्तारमा नै ठूलो योगदान दिइरहेको कम्पनीका महाप्रबन्ध युवराज बुढाथोकीले बताए । उनका अनुसार टाटा गुरु अभियानले देशभर छरिएर रहेका १ हजार १ सय बढी मेकानिकको मुहारमा खुसी ल्याउनुको साथै ग्राहकले निर्धक्क भई जेन्युइन पार्टस प्रयोग गर्न सकिने बाताबरण बनेको छ । के हो टाटा गुरु अभियान? भारतमा सन् २०११ मा थालनी भएको टाटा गुरु अभियान त्यसको २ बर्षपछि अर्थात सन् २०१३ देखी नेपालमा समेत लागु हुँदै आएको हो । सुरुवातमा टाटा मोटर्स इण्डियाले पाइलट परियोजनाका रुपमा भारतमा मात्र लागु गर्नेगरी थालनी गरेको यो अभियान हाल आएर नेपालसहित बिश्वका २० भन्दा बढी राष्ट्रमा फैलिएको छ । गाडीको ब्यावसाय सफल पार्न मेकानिकको भुमिकालाई मध्येनजर गर्दै उनीहरुलाई कदर गर्नेगरी थालनी गरिएको यो योजनाबाट मेकानिक सहित गाडी धनी र अन्तत गाडीको ब्यावसायमा नै सकरात्मक प्रभाव पारिरहेको छ । हाल यो योजनालाई अभियानकै रुपमा देशभर छरिएर रहेका लोकल वर्कशपमा लागु गरिँदै आएकोे छ । यो अभियानले मेकानिकको पहिचान र जीवनस्तरमै ठूलो परिबर्तन ल्याएको महाप्रबन्धक बुढाथोकीले बताए । उनले भने ‘जीवनभर गाडीको मर्मतसम्भारमा तल्लिन रहने मेकानिकहरुको परम्परागत पहिचानमा नयाँ पन दिन यो अभियान प्रभावकारी बनेको छ ।’ उनका अनुसार देशको कुनैपनि भुभागमा रहेर टाटा कमर्सियल भेहिकलको मर्मतसम्भार गर्दै आइरहेका मेकानिक अर्थात वर्कशप सञ्चालकले यो अभियानमा सहभागिता जनाउन सक्नेछन् । जसका लागि त्यस्ता वर्कशप राज्यले तोकेको मापदण्ड अनुसार दर्ता भई सञ्चालन भएको हुनुपर्नेछ । यसरी टाटा गुरु बन्नका लागि योग्य भैसकेपछि सञ्चालकलाई कम्पनीले टाटा गुरुका रुपमा काम गर्न अनुमति सहितको प्रमाणपत्र प्रदान गर्नेछ । त्यसपश्चात उनीहरुले टाटा मोटर्सको लोगो अंकित परिचय पत्र र भिजिटिङ कार्ड प्रयोगमा ल्याउन पाउनेछन् । यसले उनीहरुको पहिचानमा बिशिष्टता दिने बुढाथोकी बताउँछन् । उनी भन्छन, ‘यसअघि समाजमा खासै पहिचान कायम गर्न नसकेका मेकानिकले टाटा गुरु बनेपछि निर्धक्कका साथ बिशेष पहिचान दिने परिचय पत्र र भिजिटिङ कार्ड प्रयोगमा ल्याउन पाउनेछन् । यसले गुरुहरुलाई कामप्रति जिम्मेवार र ब्यावसायमा नैतिकवान समेत बनाउँछ ।’ गुरुहरुको सिप र क्षमता अभिबृद्धिका लागि समयसमयमा तालिम तथा सेमिनारहरुको समेत प्रबन्ध गरिँदै आएको छ ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...