गायक तथा संगीतकार अर्जुन पोखरेलले किने किया सेल्टोस

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं– पछिल्लो समयका चर्चित गायक तथा संगीतकार अर्जुन पोखरेलले कियाको सेल्टोस गाडी किनेका छन् । विगत ३ वर्षयता चढ्दै आएको सुजुकीको बलेनो बेचेर महाराजगञ्जस्थित कियाको सोरुमाबाट उनले सेल्टोस गाडी खरिद गरेका हुन् ।

कियाको सेल्टोस ५० लाख रुपैयाँमा खरिद गरेको पोखरेल बताउँछन् । ‘मैले सुजुकीको बलेनो २० लाखमा बिक्री गरेर ५० लाखमा कियाको सेल्टोस किनेको हुँ,’ उनले भने, ‘जसका लागि ५१ प्रतिशत डाउनमेमेन्ट गरेको छु ।’

पोखरेल गाडीका नयाँ–नयाँ मोडलका बारेमा अपडेट भैरहन्छन् । जसले गर्दा उनलाई कुन गाडी किन्ने भनेर त्यति धेरै अलमल हुन परेन । उनले हुन्डाईको क्रेटा नयाँ मोडल किन्ने सोच बनाएका थिए । तर त्यो भन्दा सेल्टोसले मन जितेको हुँदा यही किनेको उनले बताए । ‘म गाडीहरुको बारेमा अपडेट भैरहन्छु,’ उनले भने, ‘केही समयअघि सम्म क्रेटाको नयाँ मोडल किन्छु भन्ने सोच बनाएको थिएँ,’ उनले भने, ‘तर, सेल्टोसको लुक्स र यसको फिचरले मेरो मन जित्यो अनि यही किनेँ ।’

किया आफैंमा पुरानो ब्रान्ड हो । भारतमा यो गाडी पछिल्लो समय निकै बिक्री भैरहेको छ । साथै नेपालमा पनि १ हजारभन्दा बढी बिक्री भैसकेको बताइएको छ । त्यसैले यसको पार्टस् पाउन पनि सहज हुने हँुदा सेल्टोस किन्न हौसला मिलेको पोखरेल बताउँछन् ।

केही महिना अघिमात्र वैवाहिक जीवनमा बाँधिएका पोखरेलले नयाँ गाडी खरिद गरेसँगै पोखरा, मुस्ताङ, जोमसोम, इलाम लगायतका ठाउँमा श्रीमतीसँग घुम्न जाने योजना बनाइसकेका छन् । ‘मेरो तिहार चितवनमा हुन्छ,’ उनले भने, ‘श्रीमतीले पोखरादेखि मुस्ताङसम्म घुम्ने इच्छा गरेकी छिन् त्यसैले तिहार लगत्तै नयाँ गाडीमा त्यतातिर लाग्छु ।’

किया सेल्टोस नेपाली बजारमा विभिन्न भेरिएन्टमा उपलब्ध रहेको छ । यसको मूल्य भेरिएन्ट अनुसार ४९ लाख ९० हजार देखि ७६ लाख ९० हजार रुपैयाँ सम्म छ ।


Subscribe Now