२०७८ बैशाख ३ शुक्रबार,

यस्ता छन् कारमा हुने ड्यासबोर्डका संकेत, सतर्क हुनु आवश्यक

कारको ड्यासबोर्डमा धेरै प्रकारको इन्जिन, फ्युल, साइडलाइट आदि संकेत गर्ने बत्ति समावेश हुन्छ । सामान्यतया कारमा चाबी राखेपछि ड्यासबोर्डमा भएको बत्ति पनि बल्छ । ड्यासबोर्डमा भएका विभिन्न संकेतले विभिन्न अर्थ दिन्छन् ।

सिटबेल्ट इन्डिकेटर
सामान्यतया ड्राइभरले सिटबेल्टको प्रयोग नगर्दा यो इन्डिकेटर देखिन्छ । हाल नयाँ कारमा सिटबेल्टको लागि सेन्सरको जडान गरिएको हुन्छ । यदि चालकले सिटबेल्टको प्रयोग गर्न भुलेको छ भने यसले चेतावनी दिएको हुन्छ । यसलाई बेवास्ता गर्नु हुँदैन । किनकी सिटबेल्टको प्रयोगले दुर्घटना भएको समयमा ५० प्रतिशतसम्म चोटपटक लाग्नबाट जोगाएको हुन्छ ।

एयरब्याग इन्डिकेटर
कारमा एयरब्यागको लागि पनि सेन्सर समावेश गरेको हुन्छ । कारमा एयरब्यागको इन्डिकेटरले कस्तो संकेत दिएको छ त्यसमा विशेष ध्यान दिनु पर्ने हुन्छ । किनकी कार दुर्घटना भएको समयमा यही एयरब्यागले चालकलाई गम्भीर चोटपटक लाग्नबाट जोगाएको हुन्छ ।

ब्रेक इन्डिकेटर
सो इन्डिकेटरले धेरै कुरालाई संकेत गरेको हुन्छ । पार्किङ स्थलमा ब्रेक लगाएको छ कि छैन, ब्रेकको फ्लुइड स्तर कम छ कि छैन र दुई ब्रेकिङ सर्किट बीचको हाइड्रोलिक दबाव कस्तो छ भन्ने देखाएको हुन्छ । ब्रेक इन्डिकेटरले तरल पदार्थ चुहावट भएको नभएको संकेत गरेको हुन्छ । हरेक विहान यात्रा गर्नु भन्दा पहिला तरल पदार्थको जाँच गर्नुहोस् । किनकि कहिलेकाही यसको प्रकाश दिउँसो ढिला हुन्छ । केही नयाँ कारमा ब्रेक प्याड चेतावनी लाइट पनि हुन्छ जुन प्याडहरु परिवर्तन गर्न आवश्यक छ ।

एबीएस इन्डिकेटर
केही कारहरुमा छुट्टै एबीएस लाइट हुन्छ जसले एबीएस प्राणालीको साथ समस्याको संकेत गर्छ । यदि यो बन्द भयो भने एन्टिलक ब्रेकिङ सिस्टममा खराबी छ र ब्रेक हार्ड ब्रेक अन्तर्गत लक हुन सक्छ भन्ने जानकारी दिएको हुन्छ । यसको लागि चाँडै नै मेकानिक्सकोमा जाँच गर्नु पर्छ ।

टेम्पेरेचर वार्निङ
नयाँ कारमा टेम्पेरेचर वार्निङ फिचरको रुपमा प्रयोग गरेको छ । कारको इन्जिन बढी तातियो भने यसले इन्डिकेट गरेको हुन्छ । यसलाई बेवास्ता गर्नु हुँदैन ।

tvs-race thee-go

आयल लेवल/प्रेसर वार्निङ
हाल कारको ड्यासबोर्डमा आयल लेवल र प्रेसर वार्निङको इन्डिकेटर पनि समावेश गरेको छ । सामान्यतया कारमा तेलको स्तर कम भयो भने यसले संकेत गर्छ । तेलको स्तर कम भयो भने यसले चेतावनी दिएको हुन्छ । यसलाई बेवास्ता गर्नु हुँदैन ।

इलेक्ट्रिक सिस्टम वार्निङ
सो इन्डिकेटरले व्याट्रीमा कुनै खराबी आएमा संकेत गरेको हुन्छ । यसमा केही वैकल्पिक समस्याहरु देखाएमा यस्तो हुन सक्छ । यसको लागि मेक्यानिक्सकोमा गएर जाँच गर्नु पर्छ ।

ट्रान्समिसन वार्निङ लाइट
यो धेरै प्रकारमा आउन सक्छ जस्तै गियरसिफ्ट वा ट्रान्समिसन फ्लुइड ओभरहिटिङको साथमा खराबीको संकेत गरेको हुन्छ । यो प्रायः ट्रकहरुमा देख्न सकिन्छ ।

टायर प्रेसर मोनिटरिङ सिस्टम
यसको संकेत कि त टीपीएमएस वा टायरमा लो प्रेसर हुँदा देखाएको हुन्छ । यसको लागि तुरुन्त जाँच गर्नुपर्छ । कम दबावले टायर ओभरहिटिङको कारण टायर पड्कन पनि सक्छ ।

हाई विम इन्डिकेटर
हाई विम इन्डिकेटरबाट जहिले पनि होशियार हुनु पर्छ । यसले विपरित दिशाबाट आएको अन्य बाइक चालकलाई असर गर्न सक्छ । सायद दुर्घटना पनि निम्त्याउन सक्छ ।

Motorhead

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...