tvs-race

कठमाडौं – सुजुकी टु ह्विलरको लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्जका लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई ब्रान्ड एम्बेसडरका लागि अनुबन्धित गरेको छ ।

सुजुकीले आफ्नो स्कुटर ब्रान्ड बर्गम्यान, एक्सेस र लेट्सका लागि उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । सुजुकीको बजार प्रवद्र्धनका साथै जनमानसमा ब्रान्डप्रतिको विश्वासलाई अझ उचाईमा पुर्याउन सक्ने विश्वासका साथ श्रृंखला खतिवडालाई अनुबन्ध गरेको कम्पनीले जनाएको छ ।

छोटो समयमा ग्राहकहरुको मन जित्न सफल बर्गम्यान, एक्सेस र लेट्स स्कुटर एक स्टाइलिस स्कुटर भएको साथै १२५ सीसीको पावरफुल इन्जिनका साथै आकर्षक फिचर भएकोले ग्राहकहरुको मनमा बस्न सफल रहेको कम्पनीले बताएको छ ।

श्रृंखला केही दिन पहिले अग्नि ग्रुपको पनि ब्रान्ड एम्बेसडर बनेकी थिइन् । अग्नि ग्रुपले नेपालमा महिन्द्राका गाडी बिक्री–वितरण गरिरहेको छ ।

अग्नि ग्रुपको ब्रान्ड एम्बेसडर बनिन् श्रृंखला खतिवडा, २५ विद्यार्थीले पाए २५ हजार उदय छात्रवृत्ति