tvs-race

रिद्धि कार्की श्रीदुस इन्टरनेसनलका डाइरेक्टर हुन् । सन् २००३ मा अलुनी ब्रेक्स लिमिटेडबाट उनले अटोमोबाइल क्षेत्रको यात्रा प्रारम्भ गरेका थिए ।

यसले गाडीको ब्रेक बनाउथ्यो र उनले यसको बिक्री प्रतिनिधिको रुपमा कार्य प्रारम्भ गरेका थिए । सन् २००८ सम्म यसमा काम गरे पछि उनले ब्यांको रेडिएटरमा काम गर्न थाले । त्यसपछि लुकास टीभीएसका विभिन्न पार्ट्सको काम गरीसके पछि फेरि श्रीदुस इन्टरनेसनलमार्फत कार्य थालेका थिए । श्रीदुसको स्थापना भएको करिव दुई वर्ष भयो ।

हाल श्रीदुसले लुकास टीभीएसका साथै ब्रेक्स इन्डियाका पार्ट्स बिक्री–वितरण गरिरहेको छ । ब्रेक्स इन्डियाले गाडीको ब्रेक बनाउँछ र यसको खपत आफ्टर मार्केटको क्षेत्रमा बढी छ । लुकास टीभीएसले अटो इलेक्ट्रिकल र फिल्टर बनाउछ ।

टीभीएस ग्रुपका विभिन्न पार्ट्सको कारोबार गरिरहेको समयमा भारतका विभिन्न स्थानीय कम्पनीहरुले उनलाई बेरिङ र अन्य पार्ट्सको व्यवसाय गर्नका लागि अफर गर्न थाले । तर कार्की टीभीएसकै गुणस्तरको अनुपातमा अन्य पार्ट्स समेत भित्र्याउन चाहन्थे । यो अवस्थामा उनलाई एसकेएफ ब्रान्ड राम्रो लाग्यो । नेपाली बजारमा खासै उपस्थिति नजनाएको एसकेएफका बेरिङ उपयुक्त हुन सक्छन् भन्ने लाग्यो । त्यसपछि विभिन्न छलफल पश्चात श्रीदुस इन्टरनेसनल नामक कम्पनीको स्थापना भयो । कम्पनीमा कार्कीका साथै अन्य दुई जना सहकर्मी पनि छन् ।

हाल श्रीदुसले ८ वटा ब्रान्डको कारोबार गरिरहेको छ । ती मध्ये ५ वटा टीभीएस ग्रुपकै पार्ट्स छन् । लुकास टीभीएस र ब्रेक्स इन्डिया लिमिटेड छन् । त्यसैगरी सुन्दरम् फास्टनर्सको अटो लेक डिभिजन छ । यसले रेडियटर लगायत पार्टस् बनाउँछ । ह्विल्स इन्डिया लिमिटेड, जसले गाडीको ह्विल रिम बनाउँछ । अनि टीभीएस रबर । यसले गाडीको बुसिङ आइटमहरु बनाउँछ ।

टीभीएस ग्रुप बाहेक मोन्रोका पार्ट्स समेत उनीहरुको समूहले बिक्री–वितरण गरिरहेको छ । यसको उत्पादक टेल्को अटोमोटिभले अहिले फेडरल मुगललाई किनेर नयाँ कम्पनी बनाएको छ । श्रीदुसले मोनरोको सक एब्जर्बरको कारोबार गरिरहेको छ । यो विश्वमै नम्बर १ मानिने एब्जर्बर भएको कार्की दाबी गर्छन् । पछिल्लो समयमा एसकेएफ बेरिङको कारोबार थालेको करिव ८ महिना जति मात्र भएको छ ।

हाल श्रीदुसले ८ वटा ब्रान्डको कारोबार गरिरहेको छ । ती मध्ये ५ वटा टीभीएस ग्रुपकै पार्ट्स छन् ।

राम्रो बेरिङको खोजीमा रहेकाहरु अन्त्यमा एसकेएफ नै रोज्ने गरेको कार्की बताउँछन् । भन्छन्, ‘यदि बेरिङ गुणस्तरीय नभएर बारम्बार गाडीमा समस्या आयो भने सबैले उपयुक्त समाधानका लागि एसकेएफ बेरिङ खोज्छन् ।’ उनका अनुसार बेरिङको अन्तिम बिकल्प नै एसकेएफ हो । एसकेएफ बेरिङ चाहिं बेरिङ क्षेत्रकै प्रतिष्ठित कम्पनी र ग्लोबल लिडर समेत हो ।

गुणस्तरमा अब्बल साबित भैसकेको र बलियो एबं टिकाउ बिशेषताका कारण यसले नेपाली बजारमा छिट्टै राम्रो स्थान हासिल गर्ने उनको बिश्वास छ । नेपाली बजारमा उपलव्ध प्रायः सबै प्रकारका सवारीसाधनमा एसकेएफ बेरिङ्स प्रयोग गर्न सकिने कार्कीले बताए । आगामी दिनमा यसको बजार विस्तारका लागि थप योजनाका साथ अगाडि जाने योजना भएको उनले सुनाए ।

एसकेएफका बेरिङ वाहेक क्रिज, आयल सिल, टाइमिङ बेल्ट आदि समेत श्रीदुसले उपलब्ध गराउँछ ।

आगामी तीन वर्षका लागि श्रीदुसको कस्तो व्यापारिक लक्ष्य होला ? कार्कीका अनुसार न्यूनतम पनि २० प्रतिशत बजार हिस्सा एसकेएफ बेरिङले लिनेछ । त्यो भन्दा बढी ३० प्रतिशत सम्म पनि जान सक्छ । मूल्य र गुणस्तरमा अन्य कम्पनीसँग कुनै तुलना नगर्ने र ग्राहकलाई गुणस्तरीयताका वारेमा चेतना फैलाउने कार्यमा लाग्ने योजना भएको समेत उनी बताउँछन् ।

यी सबै पार्ट्सका लागि बिक्री पछिको सेवा कस्तो होला ? आफूहरुले कारोबार गर्ने सबै सामग्रीमा ०.०१ प्रतिशत भन्दा पनि कम मात्र गुनासो आउने गरेको उनको दाबी छ । कुनै अवस्थामा गुनासो आए पनि तुरुन्तै समाधान हुने गरी कार्य गर्ने गरेको उनले बताए ।

नेपाली बजारमा विभिन्न कम्पनीका अटोमोटिभ पार्ट्स उपलब्ध छन् । यही भिडमा मिसिएको श्रीदुस इन्टरनेसनलको रथ हाँक्ने सारथि मध्ये एक रिद्धि कार्कीले सो रथलाई कुन स्थानमा पु¥याउँछन्, त्यो भने भविष्यले नै बताउने छ ।