एयरपोर्टबाट पर्यटक ओसार्न बीवाईडीको विद्युतीय गाडी प्रयोग गर्दै सांग्रिला होटल

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – सांग्रिला होटलले चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीको वातावरणमैत्री ७ सिटर गाडी एम३ बाट पर्यटकलाई सेवा प्रदान गर्न सुरु गरेको छ ।

होटलले सो इलेक्ट्रिक गाडीबाट पर्यटकलाई बिमानस्थ पिकअप तथा ड्रप गर्न सुरु गरेको हो । पाहुनाको सुविधाका लागि यो इलेक्ट्रोनिक गाडी निकै प्रभावकारी हुने बताइएको छ ।

वातावरणमैत्री यो गाडी साउण्ड र प्रदुषणप्रुफ रहेको छ । पोखरास्थित सांग्रिला भिलेज रिसोर्टले पनि पर्यटकको सुविधाका लागि यो गाडीको प्रयोग सुरु गरेको छ ।

आवश्यकता अनुसार आगामी दिनमा विद्युतीय गाडी थप गरि सेवा प्रदान गरिने होटलले बताएको छ ।

Motorhead

बीवाईडीको विशेष गुणस्तरीय एनसीएम ब्याट्रीयुक्त बीवाईडी एम३ ले सिंगल चार्जमा ३१० किलोमिटर रेन्ज दिन सक्छ । 

नेपाली बजारमा साइमेक्स इंक प्रालिले बीवाईडी गाडीको नेपालका लागि आधिकरिक वितरकको रुपमा कार्य गरिरहेको छ ।


Subscribe Now