tvs-race

हाल इटालीको मिलानमा ग्लोबल मोटरसाइकल शो ईआइसीएमए २०१९ प्रदर्शन भइरहेको छ । सो शोमा हिरा मोटोकर्प, केटीएम, होन्डा लगायत अन्य कम्पनी आफ्नो कन्सेप्ट बाइक प्रदर्शन गरेका छन् ।

त्यसैगरी विभिन्न कम्पनीहरुले आफ्ना नयाँ बाइक प्रदर्शन गरेका छन् । आकर्षक र नयाँ लुक्सयुक्त यी बाइकले भविष्यमा आउने बाइकको झलक दिने गरेका छन् ।

हिरो एक्सट्रिम १आर
ईआइसीएमएमा हिरो मोटोकर्पले बजाज पल्सर एनएस१६०, टीभीएस अपाचे आरटीआर १६० ४भी र होन्डा सीबी हर्नेट १६० आरसँग प्रतिस्पर्धा गर्नको लागि हिरो एक्सट्रिम १आर लन्च गरेको छ । सो बाइकमा नयाँ १६० सीसीको नेकेड स्ट्रिटफाइटर इन्जिन जडान गरिएको छ । सो बाइकको तौल १४० किलोग्राम रहेको छ । सो बाइकमा एलईडी हेडल्याम्प, सिग्रेचर एलईडी टेल ल्याम्प आदि फिचर रहेको छ । साथै सो बाइकमा सिट र एग्रेसिभ स्टाइल भएको फ्युल ट्यांकी पनि रहेको छ ।

एक्सपल्स २०० ¥याली किट भर्सन
एक्सपल्स २०० ¥याली किटलाई अफरोड राइडिङ र ¥याली इभेन्टहरुमा प्रयोग गर्नका लागि डिजाइन गरिएको छ । सो बाइकमा एड्जस्टेबल र अझै लामो सस्पेन्सन उपलब्ध छ । बाइकमा पहिले भन्दा फ्ल्याट सिट, एक्सटेन्डेड गियर लिभर र अफरोड पावर बढाउनका लागि डर्ट टायर राखिएको छ । त्यसैगरी ह्यान्डलबार राइजर्स, राम्रो एक्सेलरेसनका लागि गुणस्तरीय फ्रन्ट र रियर स्पोकेट तथा २७५ एमएमको ग्राउन्ड क्लियरेन्सका लागि एक्सटेन्डेड साइड स्ट्यान्ड छ । हाल हिरोले उपलब्ध गराइरहेको एक्सपल्स २०० मा केही सुधार गरेर यसलाई ¥यालीमा प्रयोग गर्नका लागि निर्माण गरिएको हो ।

केटीएम ३९० एड्भेन्चर
केटीएम कम्पनीले ईआइसीएमएमा नयाँ बाइक केटीएम ३९० एड्भेन्चर बाइक लन्च गरेको छ । सो बाइक केटीएम ७९० एड्भेन्चर जस्तो देखिन्छ । सो बाइकमा विन्डशील्डको साथै एलईडी हेडल्याम्प र डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल समावेश गरिएको छ । सो बाइमा नुकल गार्डस्, बेस प्लेट, फ्ल्याट सिट र सिंगल साइड माउन्टेड एक्जस्ट समावेश गरिएको छ । सो बाइकको तौल १५८ किलोग्राम रहेको छ र यसमा १४.५ लिटरको फ्युल ट्यांकी रहेको छ । सो बाइकमा ३७३ सीसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ जसले ९००० आरपीएममा ४३ बीएचपीको पावर र ७००० आरपीएममा ३७ एनएमको टर्क जेनेरेट गर्छ । बाइकमा स्लिपर क्लचको साथमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

होन्डा सीबीआर १००० आरआर – आर फायरब्लेड
ईआइसीएमए शोमा होन्डाले सीबीआर १००० आरआर – आर फायरब्लेड लन्च गरेको छ । आल्मुनियम फ्रेममा बनेको सो बाइकको लम्बाई २१०० एमएम, चौडाई ११४० एमएम र उचाई १४५५ एमएम रहेको छ । सो बाइकमा ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सिंगल साइड माउटेन्ड टाइटेनियम एक्जस्ट समावेश गरिएको छ । सो बाइमा ९९९ सीसीको इनलाइन ४ सिलिन्डर लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ जसले १४५०० आरपीएममा २१५ एचपीको पावर र १२५०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा लन्च कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोलको साथमा एबीएस र ९ सेटिंग्स समावेश गरिएको छ ।

होन्डा सीबी४एम्स एड्भेन्चर
ईआइसीएमए शोमा होन्डाले टुरर बाइक होन्डा सीबी४एम्सको कन्सेप्ट भर्सन लन्च गरेको छ । कम्पनीका अनुसार सो काइकमा इनलाइन फोर सिलिन्डर इन्जिन जडान गरिएको छ । सो बाइकमा १७ इन्चको अलोय ह्वील्स, बेम्ब्रो ब्रेकिङ सिस्टम, इन्भर्टेड टेलिस्कोपिक फ्रन्ट फोर्क र रिअर मोनोसक जस्ता फिचर रहेको छ ।

होन्डा रिबेल ३००, रिबेल ५००
रोयल इन्फिल्ड जस्ता क्रुजर बाइकसँग प्रतिस्पर्धा गर्नको लागि होन्डाले नयाँ बाइक होन्डा रिबेल ३०० र रिबेल ५०० क्रुजर बाइक प्रदर्शन गरेको छ । सो बाइकमा एलईडीको साथमा सर्कुलर हेडल्याम्प, सानो रेक्टेंगुलर एलईडी टेललाइट्स र रेट्रो लुक भएको सर्कुलर टर्न इन्डिकेटर समावेश गरिएको छ । सो बाइकमा २८६ र ४७१ सीसीको लिक्विड कुल्ड समानान्तर ट्वीन इन्जिन जडान गरिएको छ । जसले ४५०५ एचपीको पावर र ४३०३ एनएम टर्क जेनेरेट गर्छ । सो बाइक ६ स्पिड ट्रान्समिसन र स्लिपर असिस्ट क्लचको साथमा उपलब्ध रहेको छ । सो बाइक अर्काे वर्ष अन्य देशमा पनि लन्च गरिने सम्भावना रहेको छ ।

सुजुकी भी–स्ट्रोम १०५०, १०५०एक्सटी
सुजुकीले पनि ईआईसीएमए शोमा सुजुकी भी–स्ट्रोम १०५० र १०५० एक्सटी बाइक प्रदर्शन गरेको छ । कम्पनीले सो बाइकलाई द मास्टर अफ द एड्भेन्चर भनेको छ । सन् २०२० जनवरीमा सो बाइक युरोपमा लन्च गरिनेछ । १०३७ सीएम३ भी–ट्वीन इन्जिन भएको सो बाइकमा राइड बाई वायर इलेक्ट्रोनिक थ्रोटल कन्ट्रोल सिस्टम समावेश गरिएको छ । साथै सुजुकी इन्टेलिजेन्ट राइड सिस्टम, सुजुकी ड्राइभ मोड सेलेक्टर, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल सिस्टम जस्ता फिचर रहेको छ ।