बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नयाँ गाडीको कारोबारले गति लिन थाले पनि सेकेन्ड ह्यान्ड भनिने पुराना गाडीको कारोबार भने फस्टाउन सकिरहेको छैन । कोरोना महामारीका कारण लामो समय शोरुम बन्द गरेर बस्नु परेका यस्ता गाडीको कारोबार गर्ने व्यवसायीहरु भने नयाँ गाडीको कारोबार फस्टाइरहे पनि आफ्नो व्यवसायले गति लिन नसकेपछि निराश बनेका छन् ।
पुराना गाडीको कारोबारमा कमी आउनुका पछाडि उनीहरु बैंक तथा वित्तीय संस्थाहरुले गर्ने बिभेदकारी नियमलाई मुख्य कारण ठान्छन् । ‘नयाँ गाडीमा सहजै फाइनान्स हुने र ब्याजदर समेत कम पर्ने कारण ग्राहकहरु महंगो ब्याजदर पर्ने पुराना गाडीमा फाइनान्स गराउन चाहदैनन् । जसका कारण बैंकिङ च्यानल मार्फत पुराना गाडी खरिद गर्न ग्राहकहरु अनिच्छुक देखिन्छन’ गैह्रिधारास्थित नेपाल ह्विल्सका निर्देशक पशुपति राजभण्डारीले भने ।
उनका अनुसार नयाँको तुलनामा पुरानो गाडी फाइनान्स गर्दा डाउन पेमेन्टमै १५ देखि २५ प्रतिशतसम्म बढी गर्नुपर्ने हुन्छ भने ब्याजदर ३ प्रतिशत भन्दा बढीले महंगो पर्छ । हाल नयाँ गाडी खरिद गर्दा ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा हुन्छ भने ब्याजदर औसतमा ८ दशमलब ५ प्रतिशत हाराहारीमा छ ।
तर पुरानो गाडीमा फाइनान्स गर्दा ७५ प्रतिशतसम्म डाउन पेमेन्ट गर्नुपर्ने र ब्याजदर १२ प्रतिशत हाराहारीमा रहेको उनले बताए । ‘त्यसमाथि पनि ५ बर्ष भन्दा पुराना गाडीमा बैंक तथा वित्तीय संस्थाले सहजै फाइनान्स गर्न चाहदैनन्’ उनले भने ‘बैंकिङ समस्याकै कारण महंगा मूल्यका सेकन्ड ह्या्न्ड गाडी बिक्री गर्न कठिन छ । साना र सस्ता मूल्यका गाडी नगदमै पनि खरिद गर्न सकिने कारण यस्ता गाडीको कारोबार राम्रो भएपनि महंगा र पछिल्लो समय उच्च माग भएको एसयूभी गाडी बिक्री गर्न निकै कठिन छ ।’
राजभण्डारीको भनाइमा सहमती राख्दै सानेपास्थित इन्द्रायणी अटो सेन्टरका सञ्चालक रामपुकार ठकुरी थप्छन, ‘बजारमा अहिले सेडान र ह्याचब्याकको तुलनामा साना र कम मूल्य पर्ने एसयूभीको माग उच्च छ । तर नगदमै खरिद गर्नु पर्ने बाध्यताका कारण उनीहरु पछि हट्छन् ।
पुरानो गाडीमा पुरा रकम नगदै तिर्नुभन्दा ५० प्रतिशत डाउनपेमेन्टमा सस्तो ब्याजदर तिरेर खरिद गर्न पाइने भएपछि ग्राहकको झुकाव नयाँ गाडीमै बढी देखिन्छ ।’ यद्यपि हातमा नगद भएका ग्राहकहरुले भने पुराना गाडी नै रुचाउने गरेको उनको भनाइ छ । बैंकहरुले ५ बर्षभन्दा बढी पुराना गाडीमा फाइनान्स नगर्ने हुँदा पनि यस्ता गाडीको कारोबार प्रायः नगदमै हुने गरेको उनी बताउँछन् ।
एसयूभी गाडीको माग बढी
अटो बजारमा पछिल्लो समय एसयूभी गाडीको लहर नै चलेको छ भन्दा फरक पर्दैन । आयातको तथ्यांकले समेत ह्याचब्याक गाडीको तुलनामा साना र मिड साइज एसयूभी बढी कारोबार हुने देखाएको छ । कोरोना महामारीका बाबजुद सन् २०२० मा ४ हजार हाराहारी यस्ता गाडी आयात भएका छन् । नयाँ गाडीको बजारमा एसयूभीको माग उच्च भएपछि त्यसको असर स्वतः रिकन्डिसन बजारमा समेत पर्ने नै भयो ।
ठकुरीका अनुसार अहिले नयाँ होस या पुरानो एसयूभी गाडीको लहर नै चलेको छ । सेकेन्ड ह्यान्ड गाडीका बारेमा बुझ्न आउने अधिकांश ग्राहकको रुचि ब्रेजा, नेक्सन र इकोस्पोर्ट जस्ता साना गाडीमा रहेको तर नगदमै खरिद गर्नुपर्ने बाध्यकारी अवस्थाका कारण कम मूल्य पर्ने साना ह्याचब्याक कारको कारोबार उच्च रहेको उनी बताउँछन् ।
उनको भनाइमा सहमती जनाउँदै राजभण्डारी भन्छन्, ‘पहिला त ग्राहकले एसयूभीमै बढी रुचि राख्छन् । तर जव बैंकको कुरा आउँछ त्यसपछि कि त उनीहरु सस्तो मूल्यका साना ह्याचब्याक कार खरिद गर्छन् अन्यथा फाइनान्स सुविधा प्रयोग गरी ब्रान्ड न्यु एसयूभी नै खरिद गर्छन् ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...