tvs-race
काठमाडौं – आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले एकैदिन पाँच वटा यस्ता ड्राइभिङ सेन्टर बन्द गरेको छ । विभागले आठ वटा ड्राइभिङ सेन्टर अनुगमन गरी पाँच वटामा सिल गरेको हो ।

सम्बन्धित निकायमा दर्ता नगरिएको, सञ्चालन अनुमति नलिएको लगायत भेटिएपछि विभागले त्यस्ता ड्राइभिङ सेन्टरमा सिल गरेको हो ।
ड्राइभिङ सिप सिकाउने उद्देश्यले खोलिएका उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक पाइएको छ । ड्राइभिङ सेन्टरहरूले बिना दर्ता र सञ्चालन अनुमति नै कारोबार गरिरहेको भेटिएको हो ।

बिना अनुमति सञ्चालन गरेको पाइएपछि विभागले आइतवार काठमाडौंको सानेपामा सञ्चालित युटर्न ड्राइभिङ इन्सटिच्युट, धोबीघाटको महालक्ष्मी ड्राइभिङ इन्स्टिच्युट र मेगा ड्राइभिङ इन्स्टिच्युट सिल गरेको छ । त्यस्तै, विभागले राधेराधे भक्तपुरको पर्फेक्ट भेइकल्स स्कुल एण्ड इन्टरप्राइजेज र काठमाडौं तीनकुनेको एन्जल मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा पनि सिलबन्दी गरेको छ ।

विभागले स्मार्ट भेइकल प्रिटेष्ट सेन्टर प्रालि, इजी ट्रायल सेन्टर प्रालि र ब्लूमुन मोटर ड्राइभिङ सेन्टर प्रालिमा पनि आवश्यक पूर्वाधारको पर्याप्तता नदेखिएपछि आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।