३ लाख छुट मूल्यमा इसुजुको डबल क्याब पिकअप उपलब्ध, यस्तो छ स्किम

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – नेपाली बजारमा हालै इसुजुको पिकअप अल न्यु इसुजु भी–क्रस विभिन्न अपडेट सहित प्रिमियम लुकमा उपलब्ध छ ।

नेपालमा इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल इन्टरप्राइजेजले सो पिकअप बिक्री–वितरण गरिरहेको छ । काठमाडौंमा यसको आधिकारिक डिलरको रुपमा बल्खु र गैरीधारामा अवस्थित टाइम्स मोटर्स रहेको छ ।

यसको मूल्य ७० लाख ९० हजार रुपैयाँ छ । यसमा कम्पनीले ३ लाख रुपैयाँ सम्म छुट उपलब्ध गराएको बताएको छ ।

हालको अवस्थामा शुरुमा १५ लाख ५० हजार डाउन पेमेन्ट गरेपछि गाडी लिएर जान र केही समय पछि बाँकी रकम बैंक फाइनान्समार्फत भुक्तानी गर्न सकिने व्यवस्था टाइम्स मोटर्सले गरेको छ । बैंक फाइनान्स र अन्य सुविधाको लागि टाइम्स मोटर्सले समन्वय गरिदिने बताएको छ ।

अन्य कुनै पनि ब्रान्डको गाडीहरुसँग एक्सचेन्जको सुविधा समेत उपलब्ध छ । यो योजना सीमित अविधिको लागि मात्र लागू गरिएको र यस सम्बन्धी थप जानकारीका लागि ९८०१०१७७७२, ९८०१०१७७७३ र ९८५१०४४६६८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

इसुजु भी–क्रसमा २.५ लिटरको भीजीएस–टर्बो इन्टरकुल्ड डिजेल इन्जिन छ । यसमा भएको सार्क फिन एन्टेना र किलेस इन्ट्री तथा पुस बटन स्टार्ट जस्ता सुविधाले लक्जरी अनुभव गराउछ ।

यसमा १८ इन्चको डायमन्ड कट अलोय ह्विल छ । यसमा क्रोम इन्सर्ट सहितको नयाँ फ्रन्ट इन्ड र ड्युअल टोन ग्रिल छ ।

Motorhead

पिकअपको वाहिरी भागमा एलईडी हेडलाइट तथा भित्री भागमा ब्ल्याक फिनिस इन्टेरियर छ ।

इसुजु भी–क्रसको परिष्कृत संस्करणको इन्जिनले १३४ एचपी पावर र ३२० एनएम टर्क प्रदान गर्छ । पाँच स्पिड म्यानुअल गियरबक्स रहेको यो गाडीमा फोरह्विल ड्राइभ (सिफ्ट–अन–फ्लाई) मोड पनि उपलब्ध छ ।

नयाँ इसुजु भी–क्रस प्यासिभ इन्ट्री एन्ड स्टार्ट स्टप (पिइएसएस) प्रणालीका साथ आएको छ । यो लाइफस्टाइल पिकअपको सुरक्षा विशेषतामा लचिलो र भार सीमित गर्ने सिटबेल्ट, गति संवेदनशील स्वचालित डोर लक, अगाडि सिटमा बस्ने व्यक्तिले सिट बेल्ट नबाँधेको खण्डमा सम्झाइदिने प्रणाली लगायत छन् ।

इसुजु गाडीहरु कम समस्या आउनेको अग्रपंक्तिमा पर्छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन देशभरका सहरी इलाकामा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको र यसलाई अझै सुदृढ बनाउँदै लगिने जानकारी दिएको छ ।


Subscribe Now