भोग म्यागेजिनमा साउदी राजकुमारी

ISUZU

tvs-race
yamaha-nepal
thee-go
साउदी अरबमा भोग अरेबिया म्यागेजिनको जुन अंकको कभर पृष्ठमा साउदी अरबकी राजकुमारीको तस्बिर राखिएको छ ।

राजकुमारी हायफा बिन अब्दुल्ला अल–साउद एउटा कारमा सवार छिन् । साउदी अरबमा हालै महिलाका लागि समेत सवारी चलाउन पाइने कानुन बनेको छ । यसले साउदी अरबको बदलिदो अवस्थालाई प्रतिबिम्बित गर्छ ।

साउदी अरबमा अब महिलालाई चालक बन्न खुल्ला गरिने भएको छ । आन्तरिक मामिला मन्त्रालयले दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागेको जनाएको छ ।

साउदी अरेबियामा कार चलाउन सक्नेहरूले कार चलाउन पाउने छन् । ट्राफिक नियमको उल्लङ्घन वा अन्य गल्ती गरेमा महिला चालकहरु पनि पुरुष चालकजस्तै सजायँ तथा जरिवानाको भागिदार हुने छन् ।

सुरक्षा चेकजाँच र ट्राफिक व्यवस्थापन पनि महिला चालकलाई ध्यान दिनेगरी मिलाइएको छ ।

Subscribe Now