सन्दीप लामिछानेले किने रोयल इन्फिल्डको नयाँ बाइक

काठमाडौं – लोकप्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले केही दिन पहिले नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्डको क्लासिक ३५० गन मेटल ग्रे बाइक किनेका छन् ।

आज रोयल इन्फिल्डको नक्सालस्थित सोरुममार्फत उनले सो बाइक खरिद गरेको र तस्बिर एमभी दुगड ग्रुपको फेसबुक पेजमा पोष्ट गरिएको छ ।

रोयल इन्फिल्ड बाइकको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले क्लासिक ३५० सीसी गन मेटल ग्रे विथ डिस्क ब्रेक नेपाली बजारमा सार्वजनिक गरेको एक साता पनि भएको छैन ।

रोयल इन्फिल्ड ३५० सीसी गन मेटल ग्रे स्पोर्टी लुक, म्याट फिनिस, रियर डिस्क ब्रेक जस्ता विशेषतामा उपलब्ध छ । यो बीएस फोर मापदण्डयुक्त बाइक हो । नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्रान्ड मानिने रोयल इन्फिल्डले युवा, व्यवसायी तथा शौखिन समूहको मन जितिरहेको बताइएको छ ।

सो बाइकमा हेडलाइट केसिङ, ड्युअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्सजस्ट फाइन, स्पिडोमिटर डायल, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्बली र हेडलाइट क्यापमा देख्न सकिन्छ । हाल थपिएको रियर डिस्क ब्रेकका कारण टुरिङ एवं दैनिक राइडिङका लागि सुरक्षित भएको बताइएको छ ।

सो बाइकको मूल्य हाल केही समयका लागि ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

सन्दीपले केही दिन पहिले बीएमडब्ल्युको ३१० आर मोडलको बाइक समेत किनेका थिए ।

सन्दीपले किने बीएमडब्ल्युको यो बाइक

Subscribe Now