सन्दीपले किने बीएमडब्ल्युको यो बाइक

काठमाडौं – लोकप्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले बीएमडब्ल्युको बाइक किनेका छन् । उनले झन्डै १० लाख खर्चेर सो नयाँ बाइक किनेका हुन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर आइतबार स्वदेश फर्किएका सन्दीप लामिछानेले
मंगलबार सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन् ।

बीएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सीसीको उक्त बाइकको मूल्य नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ ।

बीएमडब्ल्युले केही वर्ष यता शौखिन युवाहरुलाई लक्ष्यित गरी प्रिमियम सेगमेन्टका बाइक उत्पादन गर्दैआएको छ ।

बीएमडब्ल्युका यी बाइकमा ३१३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । यसको अधिकतम पावर ३४ एचपी र टर्क २८ एनएम छ ।

बाइकले नेकेड स्पोर्ट्स बाइक र एड्भेन्चर बाइक सेगमेन्टमा पुरै नयाँपन ल्याउने विश्वास गर्न सकिन्छ ।

बाइकले ३० किलोमिटरको माइलेज दिने र टप स्पिड १४४ किलोमिटर प्रतिघण्टा हुने बताइएको छ ।

बाइकमा एबीएस, अपसाइड डाउन टेलिस्कोपिक फोर्क, ६–स्पड गियरबक्स, एड्जस्टेबल रियर पेलोड, स्मोक्ड टर्न सिग्नल लेन्स, एलईडी रियरलाइट र अन्य विभिन्न फिचर उपलब्ध छन् ।

यसअघि टाटा मोटर्सले उनलाई ब्रान्ड एम्बेस्डर बनाउँदै टिगोर कार उपहार दिएको थियो।

 

Subscribe Now